Harsamaya
काठमाडौं महानगरमा १२ वटा ‘हाई मास्ट लाइट’ जडान
काठमाडौं महानगरपालिकाले जडान गरेको हाई मास्ट लाइट ।

काठमाडौं - काठमाडौं महानगरपालिकाले १२ वटा ‘हाई मास्ट लाइट’ जडान गरेको छ । महानगरले  उज्यालो महानगर योजनाअन्तर्गत हाल १२ स्थानमा ‘हाई मास्ट लाइट’ जडान गरेको हो । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत  महानगरको लगानीमा करिब रु १० करोडको लागतमा ६२ ‘हाई मास्ट लाइट’ जडान गर्ने कार्य अगाडि बढाएकोको जानकारी दीएका छन् ।

आज  १२ वटा लाइट जडान गरेको र   बाँकी  पनि दसैँअगाडि नै जडान गरिसक्ने बताएका छन्।  महानगर प्रमुख शाहले अघिल्लो कार्यकालमा राखिएका तर बत्ती नबलेका दुई हजारभन्दा बढी सोलार स्ट्रिट लाइटलाई इलेक्ट्रिकलमा विस्थापित गरी हाल बालिरहेको जनाएका छन् । महानगरपालिकाले करिब रु ८५ करोडको स्ट्रिट लाइट खरिद तथा जडानको काम अन्तिम चरणको पुर्‍याएको छ । उक्त लाइट जडान सम्पन्न भएसँगै उज्यालो महानगर निर्माण हुने महानगर प्रमुख शाहको भनाई छ । 

 

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update