Harsamaya
आज सुन तोलामा तीन हजार नौ सय रुपैयाँले बढ्यो 
सांकेतिक तस्वीर ।

काठमाडौं - नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा तीन हजार नौ सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला दुई लाख २१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यसअघि सोमबार सुन प्रतितोला दुई लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला दुई हजार ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि सोमबार प्रतितोला दुई हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।


 

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update