Harsamaya
नवनियुक्त चार मन्त्रीले लिए शपथ
नवनियुक्त चार मन्त्री ।

काठमाडौं - नवनियुक्त चार मन्त्रीले शपथ लिएका छन् । 

राष्ट्रपति कार्यालय शितलनिवासमा सोमबार आयोजित कार्यक्रममा उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिह्ना, शिक्षा तथा विज्ञान प्रविधि महावीर पुन, कृषि मन्त्री मदन परियार र सञ्चार मन्त्री जगदीश खरेलले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।  

राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन् । अब प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिमण्डल आठ सदस्यीय भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री सुशीला कार्कीले नयाँ मन्त्रीहरुको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेकी थिइन् । स्वास्थ्य मन्त्रीमा सिफारिस गरिएकी संगीता मिश्राको भने विवादका कारण शपथ हुन सकेन । 

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update