झापामा चार वर्षीया बालिकाको डुबेर मृत्यु

झापा - झापामा चार वर्षीया बालिकाको खोलामा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार झापा गाउँपालिका– ३ झाँटी निवासी मानबहादुर दर्जीकी चार वर्षीया छोरी विष्णुमाया दर्जीको डुबेर मृत्यु भएको हो ।
उनका अनुसार विष्णुमायाको सानो माईखोलामा डुबेर मृत्यु भएको हो । आइतबारदेखि हराइरहेकी उनको खोजतलास गर्ने क्रममा आज घर नजिकैको सानो माईखोलामा डुबेको अवस्थामा शव फेला परेको नायब उपरीक्षक खड्काले जानकारी दिए ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको टोली खटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि मेची प्रादेशिक अस्पताल पठाइएको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, असोज ६, २०८२ १४:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय