Harsamaya
 काठमाडौंका एसएसपीको सरुवा
एसएसपी विश्व अधिकारी ।

काठमाडौं - जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी सहित ६ जनालाई सरुवा गरिएको छ  ।

जेनजी प्रदर्शनपछि काठमाडौं प्रहरी प्रमुख विश्व अधिकारीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । काठमाडौंमा एसएसपी रमेश थापालाई पठाइएको छ ।

बुधबार नै काठमाडौंमा कार्यरत एसपीद्वय कुलदिप चन्द र अपिलराज बोहरालाई पनि सरुवा गरिएको छ । बोहरा नक्साल स्थित नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर–१ मा र चन्द कार्य विभाग अन्तर्गतको सुरक्षा सेवा व्यवस्थापन महाशाखामा सरुवा भएका छन् ।  एसपी पवन भट्टराईलाई काठमाडौं ल्याइएको छ । उनी पाल्पामा थिए ।

त्यस्तै काठमाडौं परिसरमा कार्यरत डीएसपीहरु मोहन मणि अधिकारी, सुन्दर तिवारी र प्रह्लाद कार्कीलाई पनि सरुवा गरिएको छ । अपरेशन कमाण्डर तिवारीले गत चैत्र १५ मा दुर्गा प्रसाईँ नेतृत्वले आयोजना गरेको प्रदर्शन र जेनजी प्रदर्शनमा भिड नियन्त्रणमा कुशलतापूर्वक भूमिका निर्वाह गर्न नसकेको आरोप छ ।

मोहन मणि अधिकारीलाई प्रहरी वृत्त स्वयम्भू र इन्टेलीजेन्स शाखामा रहेका प्रमुख कार्कीलाई नगर प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  २१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update