काठमाडौं - गृहमन्त्री ओम प्रकाश अर्यालले अहिलेको सरकारको मुख्य काम नै निर्वाचन गराउनु रहेको बताएका छन् ।
बिहिबार निर्वाचन आयोगमा भएको छलफलमा बोल्दै उनले निर्वाचन आगोगलाई कुनै पनि सरकारले र्निदेशन दिन नमिल्ने भन्दै सरकारको तर्फबाट पनि सबैलाई समेटेर निर्वाचन गर्न पर्ने देखिएको बताएका छन् ।
उनले अहिले निर्वाचन हुन्छ कि हुँदैन भन्ने शंका नराख्न र निर्वाचन गराउने कुरा दाबी गरेका छन् । उनले यो सरकारको काम नै निर्वाचन गराउने हो भन्दै निर्वाचन समयमै गरिएन भने असफल हुने समेत बताएका छन् ।
उनले असफलताको दाग नलागोस् भनेर तयारी गरिरहेको पनि बताए । त्यस्तै उनले निर्वाचनका लागी पूर्वाधारहरु तयार गर्न पर्ने भन्दै त्यस्को लागि सामाजिक सुरक्षा पहिलो सर्त रहेको बताए ।
उनले अहिलेको स्थितिलाई सामान्यीकरण गर्दै सामाजिक सुरक्षा कायम गर्दै, त्यस्को लागि जतिपनि संरचना आवश्यक पर्छ चाहे त्यस्को समन्वय गर्न आवश्यक रहेको बताएका छन् ।
‘यो सरकारको मुख्य काम नै फ्रि र फेयर इलेक्सनका गराउनु हो । त्यस्को लागि केहि पूर्वधारहरु तयार गर्न पर्ने हुन्छ । त्यसका लागि सामाजिक सुरक्षा पहिलो सर्त हो । स्थितिलाई सामान्यीकरण गर्दै सामाजिक सुरक्षा कायम गर्दै, त्यसका लागि जतिपनि लजेस्टीकहरु आवश्यक पर्छ, संरचना आवश्यक पर्छ चाहे त्यो कानुनी होस्, चाहे भौतिक संरचना होस् समन्वयहरु आवश्यक पर्छ । निर्वाचन आगोगलाई कुनै सरकारले निर्देशन दिन मिल्दैन । सरकारको तर्फबाट पनि सबैलाई समेटेर निर्वाचन गर्नपर्ने देखिएको छ । निर्वाचन हुन्छ कि हुँदैन भन्ने शंका कतैबाट भइरहेको भएपनि निर्वाचन हुन्छ नै । यो सरकारको काम नै निर्वाचन गराउने हो । हामीले निर्वाचन समयमै गरेनौँ भने असफल हुन्छाँै । असफलताको दाग नलागोस् भनेर तयारीमा छौं’ उनले भने ।