Harsamaya
मन्त्री घिसिङले गरे प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको अनुगमन
उर्जा, जलस्रोत तथा सिंचाई, यातायात तथा भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले आज क्षतिग्रस्त प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको अनुगमनमा ।

काठमाडौं - उर्जा, जलस्रोत तथा सिंचाई, यातायात तथा भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले आज क्षतिग्रस्त प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको अनुगमन गरेका छन् । 

मंगलबार अनुगमनको क्रममा उनले जलेका सामाग्रीहरु हटाउन आग्रह गरेका छन् । 

‘यो जलेका सामानहरु हटाइहाले हुन्न । भोलि नै उठाउन सुरु गरौं । भोलि बिदा छ समन्वय गरेर उठाउने काम गनुपर्छ,’ उनले भने ।  
 

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update