Harsamaya
रूपन्देही उपनिर्वाचनका सम्पूर्ण कार्यक्रमहरू रद्द
निर्वाचन आयोग।

काठमाडौं - रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ को उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गरिएको छ ।

सोमबार निर्वाचन आयोगले प्रेस विज्ञप्ती जारी गर्दै  रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गरिएको जानकारी गराएको हो ।

प्रेस विज्ञप्ति

रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ को,उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गरिएको

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम मिति २०८२/०७/१७ गते सोमबारका दिन रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उपनिर्वाचन गर्ने गरी आयोगबाट उपनिर्वाचनको मिति तोकिएकोमा राष्ट्रपतिको कार्यालयबाट मिति २०८२/०५/२७ गते प्रकाशित विज्ञप्तिबाट सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट प्रतिनिधि सभाको विघटन गरी मिति २०८२/११/२१ गते बिहीबारका दिन नयाँ प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी मिति तोकिएकोले रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गर्ने गरी आयोगको मिति २०८२/०५/३० को बैठकबाट निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update