 
                                                            काठमाडौं - अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीले शपथ ग्रहण गरेका छन् ।
सोमबार शीतल निवासमा आयोजित समारोहमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहका साथै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओम प्रकाश अर्याल पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।
शपथ ग्रहणसँगै घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने ओमप्रकाश अर्याललाई गृह मन्त्रालय र कानुन मन्त्रालयको दिइएको छ । यसैगरी रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत नेपाल सरकारका विशिष्ट अधिकारीहरूको उपस्थिति रहेको थियो ।


 
                                                -1761925825.jpg) 
                                                ![एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/Samajbadi-1761794638.jpg) 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    