Harsamaya
कुलमान, ओमप्रकाश र रामेश्वर मन्त्रीमा नियुक्त
कुलमान घिसिङ,ओमप्रकाश अर्याल र रामेश्वर खनाल ।

काठमाडौं - नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । 

आइतबार साँझ विस्तार गरेको मन्त्रिपरिषद्मा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । साथै कुलमानलाई भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पनि दिएको जनाइएको छ । 

यस्तै ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

अर्याल काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको कानुनी सल्लाहकार थिए । यता अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका खनाल पूर्वअर्थसचिव हुन्। उनीहरुको शपथ भने भोलि हुनेछ ।  


 

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  २२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update