Harsamaya
‘...तपाईं सफल हुनुहोस् । देश सफल होस् ।’
राष्ट्रपति रामचन्द्र पौडेल र नवनियुक्त प्रधानमन्त्री सुशिला कार्की।

काठमाडौं -  नवनियुक्त प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारको प्रमुख कार्यभार  ६ महिना भित्र प्रतिनिधिसभाको अर्को निर्वाचन गराउनु रहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम राष्ट्रपतिमा अन्तरनिहित संवैधानिक अधिकार प्रयोग गरी पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री पदमा शुक्रबार नियुक्त गरेका हुन् । ।

साथै नेपालको संविधानको पालना र संरक्षण एवम् नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्न आवश्यक भएकाले संविधानले राष्ट्रपतिलाई सुम्पिएको संवैधानिक प्रतिबन्धात्मक व्यवस्था बमोजिम कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । जेनजी युवाको आन्दोलनको बलमा गठन भएको वर्तमान सरकारको नेतृत्व  निर्भिक महिलालाई प्राप्त भएको छ । कार्कीले पहिलो महिला प्रधानमन्त्रीको इतिहास कायम समेत गरेकी छिन् ।

। राज्यको उच्च कार्यकारी पदमा पुग्ने सौभाग्य पाएकी प्रधानमन्त्री कार्कीले विकसित संक्रमणकाललाई निर्वाचन मार्फत पार लगाउने गहन दायित्व प्राप्त गरेकी छिन् । यही भदौ २३ र २४ गते जेनजी युवाले गरेको आन्दोलनको बलमा एकाध दिनभित्रै सरकारमा आएको परिवर्तनपछि प्रधानमन्त्रीका रुपमा कार्कीले जिम्मेवारी सम्हालेकी हुन् । 

शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेलले शुभकामना दिँदै देशलाई सफल बनाउन आग्रह समेत गरेका थिए । राष्ट्रपतिले भने  ‘धेरै धेरै बधाई छ । धेरै धेरै शुभकामना । तपाईं सफल हुनुहोस् । देश सफल होस् ।’ 

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update