प्रतिनिधिसभा विघटन, चुनाव फागुन २१ मा हुने (विज्ञप्तिसहित)

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेका छन् ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा प्रतिनिधिसभा विघटनको निर्णय गरेका हुन् ।
शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी थिइन् ।
कार्कीले गरेको विघटनको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेका छन् ।
अर्को निर्वाचन फागुन २१ का लागि तोकिएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२ ००:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय