शीतल निवास अगाडि नाराबाजी, सेनाहरु फायरिङको पोजिसनमा
                            
                            
                                                        
                                                     
                                                            काठमाडौं - राष्ट्रपति निवास शीतल निवास अगाडि कुलमान घिसिङ र हर्क साम्पाङ राईको समर्थनमा नाराबाजी भएको छ ।
शुक्रबार नागरिक सरकार गठन गर्ने सन्दर्भमा शीतल निवासमा निरन्तर संवाद जारी छ । तर निवास अगाडि कुलमान र हर्कको समर्थनमा नाराबाजी भएपछि सेनाहरुले फायरिङको लागि पोजिसनमा बसेका छन् ।
भीभीआइपीहरुको ओहोरदोहोर भइरहेकाले शीतल निवास क्षेत्रमा नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
 
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १८:१८
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    -1761640064.jpg)