Harsamaya
अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं - जेनजी युवाहरूको समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी गरेका छन् ।प्रदर्शनकारीले टंगालस्थित अख्तियारको कार्यालयमा आगजनी गरेका हुन् । सोमबारको प्रदर्शन हिंसात्मक बनेपछि मंगलबार बिहानैबाट युवाहरू आक्रोशित छन् ।

उनीहरूले सिंहदरबारसहित सर्वोच्च अदालत,  अन्य सरकारी कार्यालय, शीर्ष नेताका घर र पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिरहेका हुन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १९:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update