Harsamaya
विमानस्थल घेर्न पुगे  जेनजी, ठूलो संख्या सेना परिचालन

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि जेनजी प्रदर्शनकारीहरू भेला भएका छन् । अहिले उनीहरू विमानस्थलभित्रै प्रवेश गर्ने प्रयास गरिरहेका छन् । त्यहाँ ठूलो मात्रामा नेपाली सेनाको टोली खटाइएको छ ।

विमानस्थल भने बिहानैदेखि बन्द गरिएको छ । भिडमा उत्तेजित प्रदर्शनकारीहरूले विमानस्थलबाट पुराना नेताहरू भाग्ने भन्दै प्रदर्शन चर्काइरहेका छन् ।

सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु गरिएको प्रदर्शन हिंसात्मक बनेपछि सोमबार १९ जनाको मृत्यु भएको थियो । त्यसपछि झनै आक्रोशित भएका जेनजी युवाहरू आज पनि प्रदर्शनमा उत्रिएका थिए ।

सरकारले लगाएको कर्फ्यु आदेशको वास्तै नगरी अघि बढेका उनीहरूले सिंहदरबारसहित देशका प्रमुख प्रशासनिक कार्यालयमा आगजनी र तोडफोड गरेका छन् । अहिले पनि कतिपय ठाउँमा प्रदर्शन रोकिएको छैन ।

 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १८:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update