तत्कालका लागि त्रिभुवन विमानस्थल बन्द
                            
                            
                                                        
                                                    
                                                                        काठमाडौं - नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल बन्द गरेको सूचना निकालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै तत्काल लागू हुने गरी विमानस्थल बन्द गरिएको जनाएको हो ।
उपत्यकाभित्रको विषम परिस्थितिलगायत त्रिभुवन विमानस्थल वरपर र उडान अवतरण मार्गका विभिन्न स्थानमा भएको देखिएको धूवाँलगायतले जहाजको सुरक्षामा गम्भीर असर पर्ने देखिएकोले विमानस्थल बन्द गर्नुपरेको उड्डयन कार्यालयले जनाएको छ ।
योसँगै नेपाल वायुसेवा निगमले यात्रुहरूका लागि सबै काठमाडौं आवतजावतको उडान तथा अवतरण बन्द भएकोले विमानस्थल खुलेपछि मात्र कम्पनीका उडान अवतरण सुचारु हुने जानकारी दिएको छ ।
यस्तोमा यात्रुहरूले आफ्नो नयाँ उडान मिति वा काटेको टिकटको रकम फिर्ता पाउन सक्नेछन् ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १६:१४
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
