Harsamaya
सुनको तोलामा दुई हजारले बढ्यो 
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख  १० हजार ४०० रुपैयाँ कायम भएको सुन आइतबार २ लाख १२ हजारमा विक्री भइरहेको छ । 

यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । २ हजार ४ सय ९० रुपैयाँ मूल्यमा कारोबार भएको चाँदी आज २ हजार ५ सयले कारोबार भइरहेको  महासंघले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update