सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
                            
                            
                                                        
                                                    
                                                            सिन्धुली - कमलामाई नगरपालिकामा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । कमलामाई नगरपालिका–९ बथानचौडी नजिक मदन भण्डारी राजमार्गमा आज बिहान ट्रकले ठक्कर दिँदा भुवन भुजेलको मृत्यु भएको हो ।
विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रकले आज बिहान बाटोमा हिँडिरहेका भुवन भुजेल र टेकप्रसाद दाहाललाई ठक्कर दिँदा भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । दाहालको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
बटुवालाई ठक्कर दिएपछि नियन्त्रण गुमाएको ट्रक सडक किनारको घरमा ठोक्किँदा गारो ढलेको छ भने घरपालुवा २० वटा पंन्छी मरेका छन् । ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  १०:२३
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
