Harsamaya
पहिरोका कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।

यसअघि पनि पटकपटक पहिरो गई अवरुद्ध हुँदै आएको थियो । ‎गगने खोला क्षेत्रमा यसअघि शनिबारदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार मात्रै सञ्चालनमा आएको थियो । केही समयपछि पहिरो पन्छाएर राजमार्ग सुचारु गर्ने प्रहरीले जनाएको छ ।

राजमार्ग अवरुद्ध हुँदा यात्रा गर्ने यात्रुहरू अलपत्र परेका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update