Harsamaya
आज प्रतितोला दुई हजारले बढ्यो सुन
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा आज(बुधबार) सुनको मूल्य प्रतितोला दुई हजारले बढेको छ । 

नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर प्रतितोला दुई लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update