Harsamaya
संघीय निजामती विधेयक राष्ट्रिय सभाबाट पारित 
राष्ट्रिय सभा ।

काठमाडौं - संघीय निजामती विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको  बैठकले संघीय निजामती विधेयक पारित गरेको हो । 

निजामती विधेयकलाई विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पारित गरियोस् भनी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रस्ताव राखेकी थिइन् ।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले विधेयकलाई प्रतिवेदनसहित निर्णयार्थ प्रस्तुत गरेका थिए । राष्ट्रिय सभाको बैठकले विधेयकमा कुलिङ अफ पिरियडको त्रुटिलाई समेत सच्याएको छ ।

विधेयकको व्यवस्थाअनुसार अब ऐन प्रारम्भ भएको वर्ष ५८, दोस्रो आर्थिक वर्षमा ५९ वर्ष र तेस्रो आर्थिक वर्षदेखि ६० वर्षको अनिवार्य अवकाश उमेर हद लागू हुनेछ ।

अब राष्ट्रियसभाबाट पारित भएको यो विधेयक प्रतिनिधिसभामा जानेछ । प्रतिनिधिसभाले राष्ट्रियसभाले गरेको संशोधन स्वीकार वा अस्वीकार गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  २१:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update