Harsamaya
आज पनि बढ्यो सुनको मूल्य
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update