Harsamaya
रुपन्देही–३ को उम्मेदवार छनोटबारे छलफल गर्न रास्वपा सचिवालय बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय सचिवालय बैठक ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय सचिवालय बैठक बस्दैछ । आइतबार दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने भएको हो । 

पार्टी प्रवक्ता मनिष झाका अनुसार पार्टीको कार्यवाहक सभापति डीपी अर्यालको आव्हानमा बैठक बस्ने भएको हो ।

बैठकमा रुपन्देही–३ उम्मेदवार छनोट मूल्यांकन,  प्रवास विशेष अभियान सञ्चालन र अन्य विविध विषयमा छलफल हुने बताइएको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update