मनाङ प्रदेशसभा-२ मा उपनिर्वाचन : कात्तिक १७ मा नयाँ जनप्रतिनिधि छानिने

काठमाडौँ - मनाङ क्षेत्र नम्बर १ को प्रदेशसभा-२ मा अब नयाँ नेतृत्व चयन हुने भएको छ। निर्वाचन आयोगले उपनिर्वाचनको मिति आगामी कात्तिक १७ गते तय गरेको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आवश्यक सम्पूर्ण तयारीसहित उक्त दिन मतदान गरिनेछ ।
यसअघि सो क्षेत्रबाट निर्वाचित राजिव गुरुङ (दीपक मनाङे) लाई सर्वोच्च अदालतले असार ४ गते ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै पदमुक्त गरेको थियो ।
गुरुङ अयोग्य ठहरिएपछि खाली भएको सिटका लागि उपनिर्वाचन हुन लागेको हो। अब मनाङका जनताले नयाँ प्रतिनिधि छान्ने तयारी थालेका छन् ।
राजनीतिक दलहरूले संभावित उम्मेदवार चयन प्रक्रियामा छलफल सुरु गरिसकेको स्रोतले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२ ०७:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय