Harsamaya
कोशी प्रदेशले संविधान दिवस भव्य रूपमा मनाउने

विराटनगर - कोशी प्रदेश सरकारले संविधान दिवसलाई भव्य रूपमा मनाउने तयारी गरेको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले तयारी भव्य रूपमा गर्ने निर्णय गरेको हो ।

सरकारका सबै मन्त्रीहरू, सचिवहरू, सामाजिक क्षेत्रका संघसंस्थाहरूको उपस्थितिमा भएको बैठकले ५ सय एक सदस्य मूल समारोह समिति गठन गरेको छ । त्यस्तै बैठकले आगामी असोज ३ गतेको संविधान दिवसलाई भव्य रूपमा मनाउने र तीन दिनसम्म विविध कार्यक्रमहरू गर्ने निर्णय गरेको छ । वक्तृत्वकला प्रतियोगिता, स्वास्थ्य शिविर, प्रभात फेरि, झाँकी प्रदर्शनी, जिल्ला जिल्लामा ,प्रदेश सरकारका सेवाहरू देखिने गरी कार्यक्रमहरू गर्ने निर्णय गरिएको छ ।

बैठकमा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेशभित्रका सबै संघसंस्था लाई संविधान दिवस भव्य रूपमा मनाउन आग्रह गरे। उनले प्रदेशका मौलिकताहरू झल्किने झाँकी र जातजातिका विशेषता झल्किने प्रदर्शनीहरू गर्न पनि निर्देशन दिएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा कोशी प्रदेशमा संविधान दिवस मनाउने तयारी गरिएको हो ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १८:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update