Harsamaya
मातृ–शिशु स्वास्थ्यसम्बन्धी चेतनाका लागि देउडा गीत  दान बहादुर बुढा

मुगु - जिल्लाको सोरु गाउँपालिका–७ तारा पानीमा आयोजित मातृ–शिशु स्वास्थ्यसम्बन्धी जनचेतनामूलक देउडा गीत प्रतियोगिता आयोजना गरिएको छ । पछिल्लो समयमा बालविवाह कायमै हुनुका साथै सामान्य बिरामी हुँदा धामी झाँक्री र झारफुक गर्दा अकालमा मान्छेहरूको ज्यान जाने भएकाले सचेतनाका लागि प्रतियोगिता आयोजना गरिएको हो ।

मातृ शिशुको स्वास्थ्य सुधारको लागि कस्ता खानेकुरा खाने, स्वास्थ्य संस्थामा उपचार कसरी लिने, व्यक्तिगत तथा सामूहिक, सामुदायिक स्वास्थ्य सरसफाइ कसरी गर्ने जस्ता सन्देशमार्फत सांस्कृतिक देउडा प्रतियोगिता आयोजना गरिएको हो ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग र किडार्क नेपालको आयोजनामा सम्पन्न प्रतियोगितामा सात वटा स्वास्थ्य आमा समूहको सहभागिता थियो । 

देउडा गीत प्रतियोगिताले ग्रामीण भेगमा स्वास्थ्य चेतना फैलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको किर्डाक मुगुका प्रमुख कर्णजङ्ग शाहीले बताए ।

कार्यक्रममा सहभागी भएका ६  समूहहरूले सुत्केरी सेवा, पोषण, नियमित खोप, स्तनपान, सरसफाइ तथा शिशु रोगहरूबाट बच्ने उपाय जस्ता विषयवस्तुमा आधारित सन्देशमूलक देउडा गीतमार्फत प्रस्तुत गरेका थिए । 

प्रतियोगितामा सहभागी समूहहरूले सफा सुत्केरी सेवा, नियमित स्वास्थ्य परीक्षण, सुत्केरी बेला पोषण, खोप, स्तनपान, बाल संरक्षण लगायत विषयमा आधारित देउडा गीतहरू प्रस्तुत गरेका थिए । सहभागीलाई पुरस्कारसँगै सम्मान समेत गरियो । 

प्रतियोगितामा सहभागी समूहहरूले सफा सुत्केरी सेवा, नियमित स्वास्थ्य परीक्षण, सुत्केरी बेला पोषण, खोप, स्तनपान, बाल संरक्षण लगायत विषयमा आधारित देउडा गीतहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वास्थ्यकर्मी, स्थानीय, शिक्षक,युवा क्लब, महिला समूह लगायतको उत्साहजनक उपस्थिति थियो।

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update