असोज ६ : दिनभर के के भए ?
सोमबार, असोज ६, २०८२
जेनजी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिका लागि २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।
अख्तियारमा ३७ हजार २६ उजुरी दर्ता, ६ अर्ब बढीको बिगो माग दाबी
सोमबार, असोज ६, २०८२
यस अवधिमा दर्ता भएका कुल उजुरीमध्ये १९ हजार ५६१ वटा (५२.८३ प्रतिशत) उजुरी आयोगको केन्द्रीय कार्यालयमा छन् । आयोग मातहतका कार्यालयहरूमध्ये सबैभन्दा बढी तीन हजार ९७० वटा (१०.७२ प्रतिशत) उजुरी आयोगको कार्यालय बर्दिबासमा र सबैभन्दा कम अर्थात् ९०२ वटा (२.४४ प्रतिशत) उजुरी सम्पर्क कार्यालय नेपालगन्जमा छन् ।
इर्कुको पहिरो हट्यो, खुल्यो कोदारी राजमार्ग
सोमबार, असोज ६, २०८२
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ, मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायतको टोलीले उक्त सडकको स्थलगत अनुगमन गरी सडकको अवस्थाबारे जानकारी लिएका थिए ।
यस वर्ष २० हजार विद्यार्थीहरुले पाए सवा २ अर्बको छात्रवृत्ति,
सोमबार, असोज ६, २०८२
विद्यालयहरूले छात्रवृत्तिको विवरण सार्वजनिक नगरे काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने उनले बताएका छन् ।
दुईतर्फी सञ्चालनमा आयो मुग्लिन-नारायणगढ सडक
सोमबार, असोज ६, २०८२
दुईतर्फी सडक खुलाउन यहाँ आज आवागमन रोकेर काम गरिएको थियो । शुक्रबार साँझबाट अवरुद्ध भएको सडक आइतबार साँझ मात्र एकतर्फी खुलेको थियो ।
१५ वर्षीय बालक अपहरण भएको आशंका, ५ करोड फिरौती माग
सोमबार, असोज ६, २०८२
नाति अपहरणमा परेको थाहा पाएर बिलखबन्दमा परेका बाजे लक्ष्मण सिंह र बालककी आमाले असोज ६ गते मध्यान्हमा आएर इलाका प्रहरी कार्यालय गोल बजारमा लिखित जाहेरी दिएका छन् ।
रौतहटमा विभिन्न स्थानमा कलश यात्रा निकालियो
सोमबार, असोज ६, २०८२
नवदुर्गाको जय गानसाथ स्थानीय नदीबाट पवित्र जलपात्र बोकेर सुरु भएको कुमारी कन्याको विशाल कलश यात्राले बजार क्षेत्र परिक्रमा गरेको उनले बताए ।
हेटौँडामा दसैँ बजार : गत वर्षभन्दा व्यापार घट्यो
सोमबार, असोज ६, २०८२
व्यवसायीहरूका अनुसार गत वर्षको तुलनामा यो वर्षको व्यापार घटेको छ। मूल्यवृद्धि, उपभोक्ताको क्रयशक्ति घट्नु र अनलाइन खरिदको बढ्दो प्रभावले गर्दा बजारमा अपेक्षित कारोबार हुन सकेको छैन ।
६ महिनामा केही काम गर्न सकिन्छ तर कायापलट गर्न सकिन्न : मन्त्री खरेल
सोमबार, असोज ६, २०८२
यस्तै, उनले खरानी टकटक्याएर जीवन र धरोहरहरूको पुन निर्माण गर्नुपर्ने अवस्था रहेको भन्दै भ्रष्टाचारको विषयमा सरकार निर्मम भएर काम गरिरहेको छ भन्ने अनुभूति जनतालाई गराउनुपर्ने बताए ।
जेनजी आन्दोलनको उपलब्धिहरूलाई खेर जान दिनेछैन : मन्त्री सिन्हा
सोमबार, असोज ६, २०८२
यस्तै, उनले युवाहरूको सीप व्यवस्थापन र रोजगारीका कुराहरू आफ्नो प्राथमिकतामा रहने भन्दै घाइतेहरूलाई देशमा भएका उद्योगमा रोजगारी दिने बताए ।
कृषिमन्त्री परियारद्वारा पदभार ग्रहण
सोमबार, असोज ६, २०८२
नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले पदभार ग्रहण गरेका छन् ।
सञ्चारमन्त्रीको पहिलो निर्णय: देशका प्रमुख १० वटा शहरमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने
सोमबार, असोज ६, २०८२
यसैगरी देशमा रहेका सात प्रदेशमा पनि निशुल्क इन्टरनेटको व्यवस्था गर्ने तयारी गर्ने उनले बताए ।
घुस लिएको एक लाखसहित लेखा प्रमुख पक्राउ
सोमबार, असोज ६, २०८२
गाउँपालिकाको सातौँ तहका वरिष्ठ लेखा अधिकृत टङ्कबहादुर कार्कीलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ मङ्गलगडी चोकबाट अख्तियारको कर्णाली प्रदेश कार्यालयको टोलीले आइतबार राति अबेर रु एक लाख घुससहित नियन्त्रणमा लिएको हो ।
साताको लोकप्रिय

