Harsamaya
हर समय
हर समय
पुष १८ : बुद्ध एयरको विमान दुर्घटना देखि बैशाखमा कांग्रेसको महाधिवेशन सम्म
पुष १८ : बुद्ध एयरको विमान दुर्घटना देखि बैशाखमा कांग्रेसको महाधिवेशन सम्म देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
बुद्ध एयरको विमान भद्रपुर विमानस्थलमा दुर्घटना 
बुद्ध एयरको विमान भद्रपुर विमानस्थलमा दुर्घटना  झापा भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले दिएको जानकारी अनुसार विमान ग्राउन्डभन्दा केही बाहिर गएको छ।
काठमाडौँ महानगरद्वारा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरघरमा पुगी स्वास्थ्य सेवा
काठमाडौँ महानगरद्वारा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरघरमा पुगी स्वास्थ्य सेवा महानगरका ३२ वटै सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा रहेका स्टाफ नर्सले ती ज्येष्ठ नागरिकको घरघरमा गई स्वास्थ्य परीक्षण गर्ने छ । उपचार गर्न अस्पताल र प्रवर्द्धन केन्द्रमा जान नसक्ने ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई महानगरले सेवा प्रदान गर्न थालेको हो।
बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए
बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए बन्दीपुर भ्रमण वर्ष सचिवालय संयोजक वैशबहादुर गुरुङले बन्दीपुर भ्रमण वर्षमा एक लाख तीन हजार विदेशीले भ्रमण गरेको जानकारी दिए।त्यस्तै भारतीय र आन्तरिक पाँच लाख ४७ हजार पर्यटक बन्दीपुर आएको गुरुङले बताए।
त्रिशाला गुरुङले फिर्ता लिइन् समानुपातिक सूचीबाट नाम
त्रिशाला गुरुङले फिर्ता लिइन् समानुपातिक सूचीबाट नाम उनले शुक्रबार सामाजिक सञ्जालमार्फत आफूमाथि पार्टीले देखाएको विश्वास, सम्मान र समर्थनलाई सदैव उच्च मूल्यांकन गर्ने भन्दै नाम फिर्ता लिएको जानकारी दिएकी हुन् ।
रिक्त न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल सुरु गर्न माग
रिक्त न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल सुरु गर्न माग समाजका कार्यवाहक अध्यक्ष निराजन पाण्डेले आज जारी गरेको प्रेस विज्ञप्तिमा रिक्त रहेको सर्वोच्च अदालतको न्यायाधीश र उच्च अदालतको मुख्य न्यायाधीशमा योग्यता पुगेका क्रमशः विशिष्ट श्रेणीका मुख्य रजिष्ट्रार, रजिष्ट्रारलाई तत्काल नियुक्ति गरी असल अभ्यासको सुरुआत गर्न माग गरिएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्न आदेश
अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्न आदेश राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घका अध्यक्ष माधवप्रसाद चम्लागाईँ, सङ्घका पूर्वअध्यक्ष तथा पूर्वसांसद प्रकाश पन्थलगायत अपाङ्गता अधिकारकर्मीहरूले वरिष्ठ अधिवक्ता सीताराम केसीको कानुनी सहायतामा यही पुस ११ गते रिट निवेदन दायर गरिएको थियो ।
अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नेपाल टेलिकम र एनसेलको सहयोगमा काठमाडौँको ज्ञानेश्वरबाट झापाका राजन राजवंशीलाई आज पक्राउ गरेको हो ।
शालीनदीमा मेलाको तयारी अन्तिम चरणमा, करिब ३० लाख भक्तजनले दर्शन गर्ने (भिडियोसहित)
शालीनदीमा मेलाको तयारी अन्तिम चरणमा, करिब ३० लाख भक्तजनले दर्शन गर्ने (भिडियोसहित) प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान शुरु हुँदैछ ।
फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छ : मन्त्री खरेल
फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छ : मन्त्री खरेल भरतपुर विमानस्थलमा आज पत्रकारहरुसंग कुराकानी गर्दै उनले जसरी पनि राम्रो, निष्पक्ष र धादली रहित ढङ्गबाट निर्वाचन हुने बताएका हुन् ।
लचकता अपनाएर जलविद्युत परियोजना अघि बढाउन प्रभावित क्षेत्रलाई मन्त्रीको आग्रह (भिडियोसहित)
लचकता अपनाएर जलविद्युत परियोजना अघि बढाउन प्रभावित क्षेत्रलाई मन्त्रीको आग्रह (भिडियोसहित) ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जलविद्युत आयोजना निर्माणका क्रममा स्थानीय समुदाय र आदिवासी जनजाति समुदायको अधिकार र मागलाई सम्मान गर्दै समाधानका उपाय खोज्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
संसद पुनःस्थापना सम्भव छैन, त्यसविरुद्ध कडा आन्दोलन हुन्छ : जेनजी
संसद पुनःस्थापना सम्भव छैन, त्यसविरुद्ध कडा आन्दोलन हुन्छ : जेनजी जेनजी नर्गिस थापाले आफूहरुले जेनजीका माग पुरा गराउन निरन्तर सडकमा रहेको जानकारी दिइन् । जेनजी अमृत कुमार बोहोरालगायतले नयाँ र पुरानाहरु मिलेर जेनजी आन्दोलनको भावनालाई मार्न लागेको आरोप लगाए ।
Weather Update