Harsamaya
हर समय
हर समय
‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने धनिकलाल पक्राउ
‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने धनिकलाल पक्राउ प्रहरी निरीक्षक यादवले भने, ‘साहले आफू डिएसपी भएको भन्दै रु ५० हजार ठगी गरेकोबारे श्रेष्ठद्वारा प्रहरीमा दिएको जाहेरीका आधारमा निजलाई पक्राउ गरिएको हो ।’ पक्राउ परेका साहलाई जिल्ला अदालतमा ठगी कसुर मुद्दामा म्याद थप गराई थप अनुसन्धान थालिएको उनले जानकारी दिए । 
ढिस्कोमा पुरिएर विमलाको मृत्यु
ढिस्कोमा पुरिएर विमलाको मृत्यु घर लिपपोत गर्न माटो ल्याउन गएकी चन्दननाथ नगरपालिका– ६ की २५ वर्षीया विमला सुनारको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक छेदिलाल कामतीले जानकारी दिए । चन्दननाथ–४ मालाभिडमा माटो निकाल्दै गर्दा एक्कासि ढिस्को खसेपछि उनी पुरिएकी हुन् । 
युएई पठाइदिन्छु भनी ठगी गर्ने वसन्त योगी पक्राउ
युएई पठाइदिन्छु भनी ठगी गर्ने वसन्त योगी पक्राउ योगीले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ९३ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो। 
करेन्ट लागेर अमिनको मृत्यु
करेन्ट लागेर अमिनको मृत्यु गरुडा नगरपालिका जयनगर स्थित निर्माणाधीन एक सार्वजनिक घरको नापी गर्न गएको क्रममा घरको छतबाट फोन गर्ने क्रममा भुलवश तार छुँदा साहलाई करेन्ट लागेको प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी
पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी गृह मन्त्रालयले केबलकार नियमनको विषय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत पर्ने भएकाले यस्तो जिम्मेवारी दिइएको गृह मन्त्रालयका शाखा अधिकृत ऋषिकेश खतिवडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
मानव बेचबिखनमा संलग्न चार जना पक्राउ
मानव बेचबिखनमा संलग्न चार जना पक्राउ जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त टोलीले वीरगंज महानगरपालिका-१६ स्थित सञ्चालनमा रहेका होटलहरूमा जाँच गर्ने क्रममा राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी होटलमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाई वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो। साथै प्रहरीले २ जना महिलाको उद्धार समेत...
डोल्पाको मसिनेचौर विमानस्थल अझै सञ्चालनमा आएन
डोल्पाको मसिनेचौर विमानस्थल अझै सञ्चालनमा आएन तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उडड्यमन्त्री सुदन किँरातीले दुइ पटक परीक्षण उडानको मिति तोके पनि उडान नभएको डोल्पालीको गुनासो छ । निर्माण पुरा भएको लामोसमय बितिसक्दा पनि जहाज नआए पछि राज्यको करोडौँ लागनी भएको मसिनेचौर विमानस्थलका भौतिक संरचना जीर्ण बन्न थालेका छन् । 
भाषण सक्नासाथ वडाध्यक्ष मियाँको निधन
भाषण सक्नासाथ वडाध्यक्ष मियाँको निधन राष्ट्रिय युवा संघ नेपाल नवलपुरको दशौँ जिल्ला अधिवेशनमा स्वागत मन्तव्य व्यक्त गरेर मञ्चबाट ओर्लिएका उनी त्यहीँ लडेका थिए । उनलाई तत्काल चितवन मेडिकल कलेज लगिएकामा  चिकित्सकले उनलाई मृत घोषित गरेका सदस्य गिरिले बताए । 
ठमेलको ‘सोना बाथ’मा आगलागी
ठमेलको ‘सोना बाथ’मा आगलागी काठमाडौँ महानगरपालिका–२६ ठमेलका भविश्वर शर्माको घरको दोश्रो तलामा निजले सञ्चालन गरेको ‘सोना बाथ’मा विद्युत् चुहिँदा आगलागी भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
दुम्कीवास बस र इभि ठोक्किदा एकको मृत्यु, नौ घाइते
दुम्कीवास बस र इभि ठोक्किदा एकको मृत्यु, नौ घाइते काठमाडौंबाट दाङ जाँदै गरेको रा१ख ३३६१ नम्बरको बस र बुटवलबाट काठमाडौं जाँदै गरेको प्र ०१–००६ ख ७८०८ नम्बरको इभि हाइस एकापसमा ठोक्किएका हुन् । हाइसमा सवार सबै यात्रु भारतको मिधिनिपुरका रहेका र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 ट्वान्टी–२० शृंखलामा नेपालको लगातार दोश्रो हार, थाइल्याण्ड चार विकेटले विजयी 
 ट्वान्टी–२० शृंखलामा नेपालको लगातार दोश्रो हार, थाइल्याण्ड चार विकेटले विजयी  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपाल थाइल्याण्डसँग चार विकेटले पराजित भएको हो । १ सय २ रनको लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । थाइल्याण्डका लागि नान्नापत खोन्चरोएन्कले नट आउट रहँदै सर्वाधिक ६० रन जोडिन् । नेपालका लागि मनिषा उपाध्यायले २ तथा कविता जोशी, कविता...
 ‘सरकारमाथि निगरानी र विधायिकी भूमिका बढाउनु अपरिहार्य’
 ‘सरकारमाथि निगरानी र विधायिकी भूमिका बढाउनु अपरिहार्य’ प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा सरकार र प्रतिपक्षी दलहरूबीच विभिन्न विषयमा पेचिलो ढङ्गले बहस भयो । मुख्य रूपमा सरकारले जारी गरेका अध्यादेश, संविधान संशोधन, सरकारको कार्यशैली, प्रतिपक्षको भूमिका,  नीतिगत सुधार तथा नयाँ कानुन निर्माणका विषय उठान भए । सरकारले प्रस्तुत गरेको अध्यादेशको प्रक्रिया र अध्यादेशका विषयवस्तुमाथि प्रतिपक्षबाट आलोचना र सत्तापक्षबाट...
Weather Update