Harsamaya
हर समय
हर समय
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटे नयाँ बस्तीका प्रकाश सिङतान चार महिनादेखि त्रिपालमुनि बस्दै आएका छन् । बागमती खोलामा गएको बाढीले घरखेत बगाएपछि  विस्थापित उनी बगरमा परिणत भएको घरखेत हेरेर बस्न बाध्य छन् । 
वडामै योजना सम्झौता : समय र खर्चको बचत
वडामै योजना सम्झौता : समय र खर्चको बचत भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकाले घुम्ती शिविरमार्फत वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गरेको छ । 
एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकको काम सुस्त
एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकको काम सुस्त गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकअन्तर्गत तनहुँको दुलेगौडा हर्कपुर सडकको काममा ढिलाइ भएको छ ।
वडाध्यक्ष पोखरेलको लोभलाग्दो कृषि कर्म
वडाध्यक्ष पोखरेलको लोभलाग्दो कृषि कर्म स्थानीय तहमा वडाका दैनिक काम काजमा वडाध्यक्षको व्यस्तता बढ्दो छ। पालिकाका प्रमुख, उपप्रमुखभन्दा वडाध्यक्षलाई वडाभित्रका काममा भ्याइनभ्याई नै हुन्छ। वडाको व्यस्त जिम्मेवारीले घरायसी काम काज, कृषि व्यवसायमा वडाध्यक्षले समय व्यवस्थापन गर्न गाह्रो हुन्छ। तर, पाल्पाको रामपुर नगरपालिका–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले भने समय व्यवस्थापन गर्दै लोभलाग्दो कृषि व्यवसाय गर्दै आएका...
डोल्पामा हेलिकप्टरबाट सुत्केरीको उद्धार
डोल्पामा हेलिकप्टरबाट सुत्केरीको उद्धार सालनाल अड्केर गम्भीर अवस्थामा पुगेकी सुत्केरीको राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरिएको छ ।  डोल्पाको ठूलीभेरी नगरपालिका–१० रहगाउँकी १९ वर्षीया जुना विकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक रूपमा गैँडा स्थानान्तरण गरिँदै
चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक रूपमा गैँडा स्थानान्तरण गरिँदै चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक रूपमा गैँडा स्थानान्तरण शुरू गर्ने भएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका चारवटा गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो ।
पर्यटनको विकासबाट समृद्धि हासिल गर्न सहज हुने
पर्यटनको विकासबाट समृद्धि हासिल गर्न सहज हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनको विकासबाट नै मुलुकको समृद्धि हासिल गर्न सम्भव हुने बताएका छन्  । बागलुङ बजारमा इला होटल तथा रिसोर्टको उद्घाटन गर्दै उनले पर्यटकीय पूर्वाधार निर्माणमा निजी क्षेत्रले निर्वाह गरेको भूमिकाको सराहना गरे ।
टाइगर कप भलिबल : टाइगर ग्रुप पोखरा फाइनलमा
टाइगर कप भलिबल : टाइगर ग्रुप पोखरा फाइनलमा आयोजक टोली टाइगर ग्रुप पोखरा जारी टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न दोस्रो क्वालिफायरमा टाइगर ग्रुप पोखराले टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३–१ सेटले पराजित गरेको हो । 
मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन
मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन मगर र गुरुङ भाषालाई गण्डकी प्रदेशमा सरकारी कामकाजको भाषाका रूपमा सञ्चालनमा गर्नुपर्ने माग भएसँगै मस्यौदा निर्माणका लागि सुझाव सङ्कलन सुरु गरिएको छ ।
 १८० प्यालेष्टिनी बन्दी रिहा
 १८० प्यालेष्टिनी बन्दी रिहा इजरायल र प्यालेस्टिनी इस्लामिक समूह हमासबीच जनवरी १९ देखि लागू भएको युद्धविराम र बन्धक बन्दी आदानप्रदान सम्झौताअन्तर्गत मुक्त हुने बन्धकहरूको यो चौथो समूह हो। 
बन्दुकधारीको आक्रमणमा सिरियामा १० गाउँलेको मृत्यु
बन्दुकधारीको आक्रमणमा सिरियामा १० गाउँलेको मृत्यु सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले अलावाइट सम्प्रदायका नागरिकहरू बसोबास गर्ने उत्तरी हामा ग्रामीण इलाकाको अर्जाह गाउँका १० नागरिक शुक्रबारको आक्रमणमा मारिएको बताएको छ ।
महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै
महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै यसैबीच, मौनी अमावस्याका अवसरमा चलिरहेको महाकुम्भमा भएको भागदौडको छानबिन गर्न गठित तीन सदस्यीय न्यायिक आयोगले शुक्रबार प्रयागराजस्थित स्वरूप रानी नेहरू अस्पतालको निरीक्षण गरेको छ ।
Weather Update