तस्करीको आशंकामा १ करोड ९५ लाखको सामान बोकेका तीन वटा ट्रक नियन्त्रणमा
आइतबार, माघ २७, २०८१
मिश्रका अनुसार तीन वटा ट्रकमा १ करोड ९५ लाख रुपैयाँ बराबरको सामान रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ट्रकहरू आइतबार प्रहरीले राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाएको छ।
स्वास्थ्यमन्त्री पौडेलले लिए जलन पीडितहरूको उपचार अवस्थाबारे जानकारी
आइतबार, माघ २७, २०८१
आर्थिक अभाव भोगेका नागरिकलाई निःशुल्क उपचारका लागि भन्दै अस्पतालमा उपचारका लागि कीर्तिपुर नगरपालिकामार्फत रू दुई करोड निकासा गरेको मन्त्रालयले जनाएको छ । यसबाहेक सरकारी वीर अस्पतालमा रहेको जलन वार्डमार्फत पनि आर्थिक समस्या भोगेका बिरामीको निःशुल्क उपचार भइरहेको छ ।
नेप्से दोहोरो अंकले घट्यो
आइतबार, माघ २७, २०८१
सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य छ दशमलव ५२ प्रतिशतले घटेको छ ।
ग्याँस विस्फोट घटना : सात जनाको अप्रेसन, पाँच जना ‘अब्जरभेसन’मै
आइतबार, माघ २७, २०८१
काठमाडौंको कमलपोखरीमा रहेको शान्दार मममा ग्याँस विस्फोटमा परी घाइते भएकाहरू अझै खतरामुक्त नरहेको अस्पतालले जनाएको छ । उक्त घटनामा परी घाइते भएका ११ जनाको शरीर २० प्रतिशत देखि ६० प्रतिशतसम्म जलेकोले खतरामुक्त नरहेको अस्पतालले आइतबार जनाएको हो ।
नेपालमा पहिलो ‘इनडोर शूटिङ स्टुडियो’का लागि बोलपत्र आह्वान (बोलपत्रसहित)
आइतबार, माघ २७, २०८१
चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि बोलपत्र आह्वान गरेको छ ।
खानेपानीका मिटर चोरीका घटना बढ्दो
आइतबार, माघ २७, २०८१
हेटौँडामा पछिल्लो समय खानेपानीका मिटरको चोरी हुन थालेको छ । डेढ महिनामा करिब एक सय बढी खानेपानीका मिटरहरु चोरी भएका छन् ।
अब रारामा पर्यटक प्रहरी रहने
आइतबार, माघ २७, २०८१
रारा क्षेत्र घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षाका लागि नेपाल सरकारले पर्यटक प्रहरी राख्ने भएको छ ।
खरखरेभिरको पहिरो रोकथाममा ढिलाइ
आइतबार, माघ २७, २०८१
बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६ स्थित खरखरेभिर पहिरो रोकथाममा ढिलाइ भएको छ । करिब आठ महिनादेखि जारी पहिरो रोकथामको काम अझै सम्पन्न हुन सकेको छैन । यहाँ गत असारयता निर्माण कार्य ठप्प छ ।
रिग्दी खोलामा असला माछा देखिन छाड्यो
आइतबार, माघ २७, २०८१
चितवनको इच्छाकामना गाउँपालिका-१ स्थित रिग्दी खोलामा पछिल्लो समय असला माछा देखिन छाडेको छ ।
कुनै समय खोला वरपर बसोबास गर्ने स्थानीयले माछा मारेर जीविकोपार्जनसमेत गर्थे ।
कालीगण्डकी करिडोरः मुस्ताङमा बने थप ३ वटा मोटरेवल पुल
आइतबार, माघ २७, २०८१
चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङका तीन वटा मोटर चल्ने पुल निर्माण भएको छ।
नौ हजार बढी बाख्रालाई पिपिआर विरुद्धको खोप
आइतबार, माघ २७, २०८१
यहाँको शुक्लाफाँटा नगरपालिकाका नौ हजार नौ सय ६९ बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइएको छ ।
नगरपालिकाका आठ वटा वडामा पशु प्राविधिक परिचालन गरी निःशुल्क रुपमा खोप लगाइएको हो ।
मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे
आइतबार, माघ २७, २०८१
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौँतर्फ खसीबोका लिएर जाँदै गरेको भे१क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा सडकमा नै आज बिहान पल्टिएको थियो ।
इमेज सहकारीको बचतकर्ताको एक करोड फिर्ता
आइतबार, माघ २७, २०८१
गल्कोट र ढोरपाटनका पाँच सय ४७ बचतकर्तामध्ये एक लाखसम्मका बचतकर्ताले तत्काल फिर्ता पाउनेगरी प्रक्रिया अगाडि बढाइएको चालिसेको भनाइ छ । इलाका प्रहरी कार्यालय हरिचौर र जनप्रतिनिधिको रोहबरमा बचतकर्ताको रकम फिर्ता गरिएको हो । संयोजक चालिसेका अनुसार सहकारीका बाँकी बचतकर्ताको रकम फिर्ताका लागि मिना ग्रुप कम्पनी प्रालिसँग सहकार्य गर्नेगरी सम्झौतासमेत गरिएको...
साताको लोकप्रिय

