Harsamaya
हर समय
हर समय
 प्रहरी कुट्ने अखिल नेता पक्राउ
 प्रहरी कुट्ने अखिल नेता पक्राउ उनलाई बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिए।
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा खेलको ६३औँ मिनेटमा सात्तोरोभले थ्री स्टारका तीन डिफेण्डरलाई छक्काएर गोल गर्दै टोलीको जित सुनिश्चित गरे । खेलको ८७औँ मिनेटमा साइडजामोलले थप एक गोल गरेपछि थ्रीस्टार फराकिलो अन्तरले पराजित हुन पुग्यो । थ्रीस्टार क्लबले खेलमा केही गोल गर्ने मौका पाएको थियो । तर उसले खेलमा प्राप्त अवसरको सदुपयोग गर्न सकेन । 
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश उक्त विषयमा छलफल गर्न मुख्य सचिव, सहरी विकास मन्त्रालयका सचिव, वन तथा वातावरण मन्त्रालयका सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, बागमती प्रदेश सरकारका मुख्यसचिव, स्थानीय तह हेर्ने सहसचिव, सहरी विकास मन्त्रालयका सहसचिव, काठमाडौँ महानगरपालिका, ललितपुर महानरपालिका र भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई आगामी चैत ११ गते अदालतले बोलाएको...
६ सय ३५ जना बालबालिका साइबर दुर्व्यवहारको शिकार
६ सय ३५ जना बालबालिका साइबर दुर्व्यवहारको शिकार जसमा बालिकामध्ये ३८ दशमलव ६० प्रतिशतले यौनजन्य सन्देशहरु, ३४ प्रतिशतले अश्लील तस्विरहरू, १३ दशमलव ६० प्रतिशतले अश्लील लिंक र भिडियोहरू तथा ६ दशमलव ८० प्रतिशतले अनलाइनबाट अन्य दुर्व्यवहार र शोषणमा परेको बताएका छन्।
अमेरिकालाई ‘गलत कदमहरू’ सच्याउन चीनको आग्रह 
अमेरिकालाई ‘गलत कदमहरू’ सच्याउन चीनको आग्रह  वास्तवमा, विश्व व्यापार सङ्गठन (डब्ल्युटिओ) को एक समितिले सन् २०२२ को सुरुमा नै अमेरिकी करवृद्धिले डब्ल्युटिओ नियमको धारा २३२ उल्लङ्घन गरेको फैसला सुनाएको थियो। 
कांग्रेसले भ्रातृ संस्थाको महाधिवेशनका लागि म्याद नथप्ने
कांग्रेसले भ्रातृ संस्थाको महाधिवेशनका लागि म्याद नथप्ने छलफलका क्रममा केही संस्थाहरूले तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्ने जनाएका थिए भने केही संस्थाले चैत्रभित्रै महाधिवेशन गर्न समस्या देखिएको धारणा राखेका थिए ।
१ करोड ४० लाखको बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ
१ करोड ४० लाखको बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ उनका अनुसार पन्तविरूद्ध १ करोड ४० लाख रुपैयाँको बैंकिङ कसुरको जाहेरी प्रहरीमा छ। फरार प्रतिवादी खोजी सिलसिलामा पन्तलाई पक्राउ गरिएको बस्नेतले बताए।
हुतराज-अर्धचन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट थापा र शिरीष सम्मानित
हुतराज-अर्धचन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट थापा र शिरीष सम्मानित थापा नयाँ पत्रिका दैनिकका जिल्ला संवाददाता हुन् भने शिरीष अन्नपूर्ण पोष्ट दैनिकका संवाददाता हुन् । मेलम्चीस्थित इन्द्रेश्वरी माविको ५१औं वार्षिकोत्सव अवसरमा मेलम्चीमा बिहीबार आयोजित एक कार्यक्रममा मेलम्चीका मेयर आइतमान तामाङले उनीहरूलाई पुरस्कारसहित सम्मान गरेका हुन् । ५ हजार एक सय रुपैयाँ राशीको सो पुरस्कार संस्थाले प्रत्येक वर्ष क्रियाशील सञ्चारकर्मीहरुलाई दिँदै...
काश्मीर सीमामा भारत र पाकिस्तानबीच गोली हानाहान
काश्मीर सीमामा भारत र पाकिस्तानबीच गोली हानाहान एएफपीले सोध्दा पाकिस्तानी सेनाले टिप्पणी गर्न अस्वीकार गर्‍यो । भारतीय सेनाका अधिकारीहरूले टिप्पणीको अनुरोधमा जबाफ दिएनन् ।
अमेरिका पठाइदिने भन्दै २१ लाख ठगी, दुई जना पक्राउ
अमेरिका पठाइदिने भन्दै २१ लाख ठगी, दुई जना पक्राउ अमेरिका पठाइदिने बहानामा दुई जना व्यक्तिबाट २१ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको आचार्यले बताए।
रासायनिक मलको अभाव हुन नदीन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन
रासायनिक मलको अभाव हुन नदीन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री ओलीले कुनै देशलाई नभई नेपाली जनतालाई खुसी पार्ने गरी स्वदेशमै मल उद्योग स्थापनाको तयारी र प्राङ्गारिक मलको प्रयोगमा पनि प्राथमिकता दिने नीति ल्याउन आग्रह गरे । उनले रासायनिक मलका लागि समयमै बोलपत्र गर्न, तराईमा १० दिन, पहाडमा १५ दिनभन्दा बढी समय नलगाइ वितरण गरिसक्न पनि आग्रह गरेका हुन् । 
 निजामती सेवाका श्रेणी र तहका विषयमा सहमति जुट्यो
 निजामती सेवाका श्रेणी र तहका विषयमा सहमति जुट्यो सिंहदरबारमा बिहीबार बसेको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि भएको छलफलका क्रममा दफा ६ रहेको निजामती सेवाका श्रेणी र तहका विषयमा सहमति जुटाएको हो । जस अनुसार निजामती कर्मचारी सेवामा चौधौं तह रहने भएको छ ।
Weather Update