Harsamaya
हुतराज-अर्धचन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट थापा र शिरीष सम्मानित
पुरस्कार लिदैं सुन्दर शिरीष र रामकृष्ण थापा ।

काठमाडौं - यसवर्षको हुतराज-अर्धचन्द्र पाण्डे पत्रकारिता स्मृति पुरस्कार- २०८० सिन्धुपाल्चोकका दुई जना पत्रकारले पाएका छन् । लामो समयदेखि पत्रकारिता गर्दै आएका रामकृष्ण थापा र सुन्दर शिरीषलाई यो वर्षको हुतराज–अर्धचन्द्र स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको संस्थाका सचिव सुदर्शन पाण्डेले जानकारी दिए ।

indreswari-1739456367.png
 

थापा नयाँ पत्रिका दैनिकका जिल्ला संवाददाता हुन् भने शिरीष अन्नपूर्ण पोष्ट दैनिकका संवाददाता हुन् । मेलम्चीस्थित इन्द्रेश्वरी माविको ५१औं वार्षिकोत्सव अवसरमा मेलम्चीमा बिहीबार आयोजित कार्यक्रममा मेयर आइतमान तामाङले उनीहरूलाई पुरस्कारसहित सम्मान गरेका हुन् । ५ हजार एक सय रुपैयाँ राशीको सो पुरस्कार संस्थाले प्रत्येक वर्ष क्रियाशील सञ्चारकर्मीहरुलाई दिँदै आएको छ ।

 त्यस्तै लामो समयदेखि साहित्यविधामा कलम चलाउँदै आएका साहित्यकार चन्द्रप्रसाद न्यौपानेलाई पनि सम्मान गरिएको संस्थाले जनाएको छ । संस्थाले ९ जना जेहेन्दार, विपन्न, दलित विद्यार्थीहरूलाई छात्रवृत्तिसमेत प्रदान गरेको छ । 

 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update