Harsamaya
हर समय
हर समय
अधिकांश विदेशी विदेशी मुद्राको मूल्य वृद्धि
अधिकांश विदेशी विदेशी मुद्राको मूल्य वृद्धि   अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ४७ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ५५ पैसा र बिक्रीदर ९७ रूपैयाँ ९७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ५९ पैसा र बिक्रीदर १०४ रूपैयाँ ०४ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
कोशी र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
कोशी र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको र यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
कस्तो छ आज तपाईंको दिन ?
कस्तो छ आज तपाईंको दिन ? कुम्भ अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।
सम्पत्ति शुद्धीकरण निवारणमा चुक्दा नेपाल एफएटिएफको ‘ग्रे लिष्ट’ मा
सम्पत्ति शुद्धीकरण निवारणमा चुक्दा नेपाल एफएटिएफको ‘ग्रे लिष्ट’ मा नेपालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुन निर्माणमा उल्लेख्य प्रगति गरेको भए पनि संरचनागत र व्यावहारिक सुधारमा कमजोर देखिएको भन्दै एफएटिएफले यस्तो निर्णय लिएको हो । त्यस्तै सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मामलामा नेपालको अनुसन्धान एवं अभियोजन निकै फितलो थियो । यसलाई पनि महत्त्वपूर्ण कारण ठानिएको छ ।
त्रिविले निकाल्यो स्ववियु निर्वाचन कार्यतालिका
त्रिविले निकाल्यो स्ववियु निर्वाचन कार्यतालिका यस्तै सङ्घ, सङ्गठन दर्ता यही फागुन १९ गते, मतदाता सूची प्रकाशन फागुन २१ गते, उम्मेदवारको दाबी विरोघ फागुन २८ गते र अन्तिम उम्मेदवारको नाम फागुन २९ गते प्रकाशित गर्ने कार्यतालिका रहेको छ । त्रिविले मतदान चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकेको छ ।
गगन थापा भन्छन्– पूर्वराजालाई आफ्ना मत जाहेर गर्दा पक्राउ गर्न वा मुख बन्द गर्न हुँदैन
गगन थापा भन्छन्– पूर्वराजालाई आफ्ना मत जाहेर गर्दा पक्राउ गर्न वा मुख बन्द गर्न हुँदैन शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जनताले पटक पटक तानाशाह शासन व्यवस्थाको अनुभूति गरेकाले लोकतन्त्रको विकल्प नसोचेको बताए । पूर्वराजाको शासनकालमा राष्ट्रद्रोहको मुद्दामा कांग्रेससहितका अन्य पार्टीका नेतालाई जेलमा हालेको उदाहरण रहेको भन्दै थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्ना मत जाहेर गर्दा पक्राउ गर्न वा मुख बन्द गर्न नहुने स्पष्ट पारे...
१६ वर्षअघि नरेफाँटमा ट्याक्सी चालकको हत्या गरेर फरार भएका व्यक्ति पक्राउ
१६ वर्षअघि नरेफाँटमा ट्याक्सी चालकको हत्या गरेर फरार भएका व्यक्ति पक्राउ वीरमानसिंहले ठमेलबाट कोटेश्वर जानु छ भन्दै भक्तपुर ठिमी नगरपालिका-१६ स्थित नरेफाँट लगेर तामाङको हत्या गरेका थिए।
बिना अनुमति रेडियो उपकरण बिक्री, वितरण नगर्न आग्रह
बिना अनुमति रेडियो उपकरण बिक्री, वितरण नगर्न आग्रह सूचना तथा प्रसारण विभागले लाइसेन्स/अनुमति नलिई वाकीटकीलगायतका रेडियो उपकरण आयात, बिक्री, वितरण तथा प्रयोगलाई तत्काल बन्द गर्न सूचना जारी गरेको छ ।
कामपाका सामुदायिक विद्यालयमा उत्पादन भएका फोहर बेचेर आम्दानी
कामपाका सामुदायिक विद्यालयमा उत्पादन भएका फोहर बेचेर आम्दानी यस विद्यालयमा भित्ताभरिको सोकेस राखिएको छ । सोकेसको माथिल्लो भागमा चार खण्ड छन् । बीचको भागमा सूचना र जानकारी दिने ठाउँ छ । तल्लो भागमा आठ कोठा छन् । यी हरेक कोठामा छुट्टाछुट्टै फोहर राखिन्छ । यो संरचना हेर्दा फोहरलाई संकलन गरेर व्यावसायिक रूपमा बिक्री गर्ने व्यवसायको जस्तै देखिन्छ ।
केआइआइटीबाट फर्किएका नेपाली विद्यार्थी भन्छन्, ‘त्यो कहालीलाग्दो क्षण भुल्नै सक्दैनौँ’
केआइआइटीबाट फर्किएका नेपाली विद्यार्थी भन्छन्, ‘त्यो कहालीलाग्दो क्षण भुल्नै सक्दैनौँ’ ‘प्रकृतिको घटना हुनुअगावै सोही दिन त्यहाँ भारतीय र्यापर बादशाहको साङ्गीतिक कार्यक्रम तय भइसकेको थियो । त्यसैले नेपाली विद्यार्थीहरू पनि सो कार्यक्रमप्रति निकै उत्साहित थियौँ’, धनुषाको विदेही नगरपालिका–३ स्थायी घर भइ त्यहाँ अध्ययरत विद्यार्थी झाले भने, ‘नेपाली विद्यार्थीले प्रकृतिको घटनामा कुनै कमीकमजोरी नहोस् भनेर कलेज प्रशासनलाई अनुरोध गर्‍यौँ । तर, कलेज...
पैदलयात्रीलाई ठक्कर दिएर फरार चालक पक्राउ
पैदलयात्रीलाई ठक्कर दिएर फरार चालक पक्राउ गुरुङ मृत फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा वल्र्डवाइड कन्स्ट्रक्सन कम्पनीको रोलरले उक्त दुर्घटना गराएको खुलेको थियो । उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
वन्यजन्तुलाई पानीका लागि बोरिङ
वन्यजन्तुलाई पानीका लागि बोरिङ चितवन राष्ट्रिय निकुञ्जले सुक्खा क्षेत्रमा रहेका वन्यजन्तुका पानीको सहज उपलब्धताका लागि सोलारसहित बोरिङको व्यवस्था गरिएको छ । निकुञ्ज क्षेत्रको भिम्लेमा यस वर्ष एउटा बोरिङ जडानसँगै अहिले निकुञ्ज क्षेत्रमा नौ वटा पुगेको छ ।
Weather Update