Harsamaya
हर समय
हर समय
एमाले धनुषा जिल्ला अधिवेशन नतिजा सार्वजनिक, महासेठ निकट भोला यादव नेतृत्वको प्यानल विजयी
एमाले धनुषा जिल्ला अधिवेशन नतिजा सार्वजनिक, महासेठ निकट भोला यादव नेतृत्वको प्यानल विजयी मतगणनाको अन्तिम परिणाम अनुसार भोला यादव नेतृत्वको समूह प्यानलसहित विजय भएको छ । उनी नेता रघुवीर महासेठ निकट हुन । भोला यादवले ४०२ मत प्राप्त गरेका छन् भने उनको निकट प्रतिद्वन्द्वी लक्ष्मी नारायण यादवले २०२ मत प्राप्त गरेका थिए ।
लगातार चौथो जितपछि गुजरात टाइटन्सको पहिलो हार
लगातार चौथो जितपछि गुजरात टाइटन्सको पहिलो हार घरेलु मैदानमा लगातार चार जितपछि गुजरातको यो पहिलो हार हो। पराजयका बाबजुद गुजरात १८ अङ्क सहित तालिकाको शीर्ष स्थानमा छ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो रु ४०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (भारतीय० प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, आलु रातो (मुड) प्रतिकिलो रु ४०,...
सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन गर्दै सान्भि इनर्जी
सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन गर्दै सान्भि इनर्जी दोस्रो चरणमा सर्वसाधारणमा जारी हुने आईपीओ बाँकी कित्ता जेठ १३ गतेसम्म निष्कासन हुनेछ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसार सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा जेठ २३ गतेसम्म निष्कासनमा रहने छ ।बिक्री प्रबन्धकसँगै नेपाल धितो पत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र...
लुम्बिनी प्रदेश सभाको बैठक  बस्दै
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम मुख्यमन्त्री चेतनारायण आचार्यले सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।प्रस्तावलाई सभामुख तुलाराम घर्ती मगरले निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औँ जन्म जयन्ती
युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औँ जन्म जयन्ती पाली अनि नेवारी दुवै भाषामा उनका कविताहरू पाइन्छ, दुवै भाषाका प्रखर ज्ञान भएका युगकवि श्रेष्ठ आफ्ना अभिव्यक्तिहरूमा समाजको वास्तविक चित्रण गर्न र सुधारवादी धारहरू ल्याउन तल्लीन देखिन्छन् । आफ्नो कवितामा क्रान्ति भन्ने शब्द प्रयोग गरेकाले कवि श्रेष्ठलाई राणा शासकहरूले १८ वर्ष जेल तोकेको थिए । पिताको किरियामा समेत उनलाई जेलनेल...
परराष्ट्र मन्त्रालयले दियो महेश श्रेष्ठ नेतृत्वको एनआरएनए कार्यसमितिलाई मान्यता
परराष्ट्र मन्त्रालयले दियो महेश श्रेष्ठ नेतृत्वको एनआरएनए कार्यसमितिलाई मान्यता सर्वोच्च अदालतको परमादेशबाट गठित शेष घले नेतृत्वको एनआरएनए उच्चस्तरीय समितिले वैशाखमा काठमाडौँमा आयोजना गरेको एकता महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो । महाधिवेशन रोक्न असफल भए पछि महेश  श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई काम गर्न नदिनु भन्ने माग गर्दै बद्री केसीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण  रिटमा आज  पनि  निरन्तर सुनुवाइ, आदेश आउन सक्ने सम्भावना
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि निरन्तर सुनुवाइ, आदेश आउन सक्ने सम्भावना  ‘उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रूपन्देहीको थुनछेक आदेश विरुद्ध त्यसलाई उल्टाएर पुर्पक्ष थुनामा पठाउने आदेश गरेको थियो । लामिछाने विरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जारी गरेको आदेश र उनको गिरफतारी गैरकानुनी रहेको भन्दै लामिछाने श्रीमती निकिता पौडेलले बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतमा दर्ता गराएकी थिइन् । 
बैतडी केन्द्रबिन्दु भएर भूकम्प
बैतडी केन्द्रबिन्दु भएर भूकम्प आज बिहान १ः४८ बजे पाँच दशमलव एक र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो ।लगातार दुईपटक पराकम्पपन आएपछि त्यहाँका स्थानीय घर बाहिर निस्केका थिए । दार्चुला, बझाङ, डडेलधुरामा भूकम्पको धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए । 
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङ...
बढ्यो अमेरिकी डलर र युरोको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
बढ्यो अमेरिकी डलर र युरोको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९१ पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ २८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ९६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ २५ पैसा र बिक्रीदर १८५ रुपैयाँ...
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्त्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। पढाई लेखाइमा प्रगति हुनेछ । चिताएको कामले राम्रै लाभ दिलाउनेछ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ आम्दानीका नयाँ श्रोतहरू फेला पर्नेछन् ।
Weather Update