जसपा नेपालले कोशी नाम खारेजी र पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी गर्ने
सोमबार, वैशाख १५, २०८२
जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी नाम र केबलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी गर्ने भएको छ ।
बालकको हत्यामा संग्लन रहेका ४ जना अभियुक्तलाई गरियो पक्राउ (भिडियोसहित)
सोमबार, वैशाख १५, २०८२
रौतहट प्रहरीले बालकको हत्यामा संग्लन रहेका ४ जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार पत्रकार सम्मेलन मार्फत अभियुक्तहरुलाई सार्वजनिक गरेको हो ।
मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाको उपकरण खरिदमा अनियमितता, विशेष अदालतमा मुद्दा दर्ता
सोमबार, वैशाख १५, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार छुट्टाछुट्टै ४ वटा भ्रष्टाचार मुद्दा दायर गर्दै ५२ करोड ४२ लाख ५४ हजार ४६० रुपैयाँ बिगो माग दाबी समेत गरेको छ । प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत जनस्वास्थ्य प्रयोगशालाको उपकरण खरिदमा व्यापक अनियमितता भएको ठहरसहित एउटा मुद्दामा २१ करोड ८९ लाख ३९ हजार ७६० रुपैयाँ बिगो...
मधेसी जनता राज्यको आतंकबाट अझै पीडित छन् : महन्थ ठाकुर
सोमबार, वैशाख १५, २०८२
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाली जनता पहिलेदेखि नै आतंकबाट पीडित रहँदै आएको बताएका छन् ।
खुम्जुङमा हिउँ परेसँगै थपि दिएको सुन्दरता (फोटोफिचर)
सोमबार, वैशाख १५, २०८२
सोलुखुम्बु जिल्लाको एभरेष्ट क्षेत्रभित्र पर्ने एक सुन्दर गाउँ हो-खुम्जुङ। यो गाउँ हिमाली सौन्दर्य, संस्कृति र पर्यटनको अद्भुत मिश्रण हो।
राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रलगायत ६४ जना पक्राउको विरोधमा राप्रपा नेपालले प्रदर्शन गर्दै
सोमबार, वैशाख १५, २०८२
गत चैत १५ गते भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ परेका राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रलगायत ६४ जना पक्राउको विरोधमा राप्रपा नेपालले प्रदर्शन गर्न लागेको हो ।
चलचित्र विधेयक संसद्मा दर्ता, डिजिटल प्लेटफर्ममार्फत चलचित्र प्रदर्शन गर्दा इजाजत लिनुपर्ने प्रस्ताव
सोमबार, वैशाख १५, २०८२
डिजिटल प्लेटफर्ममार्फत चलचित्र प्रदर्शन गर्दा इजाजत लिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । पहिलो पटक डिजिटल प्लेटफर्मबाट फिल्म देखाउँदा इजाजत लिनुपर्ने प्रस्ताव गरिएको हो । ओटीटीलाई पनि विधेयकले दायरामा ल्याउन खोजेको छ ।
आरसिबीको शानदार जित, दिल्लीलाई हराउँदै तालिकाको शिर्ष स्थानमा उक्लियो
सोमबार, वैशाख १५, २०८२
रोयल च्यालेन्जर्स बंग्लोर (आरसिबी)ले दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आइपिएल तालिकाको शीर्ष स्थानमा स्थान बनाएको छ । क्रुनाल पाण्डेको उत्कृष्ट अलराउण्ड प्रदर्शन आरसिबीको जितमा निर्णायक रह्याे ।
सङ्क्रमणकालीन आयोगका १० पदाधिकारीका लागि ३४ जना सूचीकृत, नामावलीमा परेका व्यक्तिबारे प्रतिक्रिया आह्वान
सोमबार, वैशाख १५, २०८२
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीका लागि ३४ जनाको संक्षिप्त सूची प्रकाशित गरिएको छ ।
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची
सोमबार, वैशाख १५, २०८२
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले “शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ ।
पाल्पामा जीप दुर्घटना, ३ जनाकाे मृत्यु
सोमबार, वैशाख १५, २०८२
पाल्पाको रैनदेवी छहरा १ सिद्धेश्वरमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । गए राति भएको दुर्घटनामा रैनादेवी छहरा गाउँपालिका १ असारेका २३ वर्षीय जनक रेगामी, ३६ वर्षीय दीपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिँदै, कोशी, मधेश, बागमती लगायतका प्रदेशमा वर्षा र हावाहुरीकाे सम्भावना
सोमबार, वैशाख १५, २०८२
देशभर आंशिक देखि साधारणता बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सोमबारको विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलर र युरोको भाउ स्थिर
सोमबार, वैशाख १५, २०८२
नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८२ रुपैयाँ...
साताको लोकप्रिय

