हेटौँडा यातायातद्वारा ४५ करोड राजश्व सङ्कलन
शुक्रबार, वैशाख १९, २०८२
नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमति पत्र वितरण लगायत बाट चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ४५ करोड ६६ लाख ८५ हजार पाँच सय राजस्व सङ्कलने भएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए । कार्यालय प्रमुख श्रेष्ठका अनुसार आवको नौ महिनामा सवारी चालक अनुमति पत्र वितरणबाट सात करोड आठ लाख ७१ हजार तीन सय १४, सवारी करबाट २८ करोड २७ लाख ३७ हजार दुई सय, यातायात क्षेत्रको आम्दानीबाट सात करोड ९५ लाख ७६ हजार नौ सय सङ्घीयतातर्फ तीन करोड १४ लाख १९ हजार नौ सय ५३ तथा बेरुजुबाट आठ हजार दुई सय ५० सङ्कलन भएको छ ।
बामदेव गौतम सहित राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल फागुनमा सकिँदै
शुक्रबार, वैशाख १९, २०८२
एमालेबाट सांसदहरूमा इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसा कुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसी छन् ।
यस्तै माओवादीबाट गोपीबहादुर सार्की अछामी, गंगा कुमारी बेलबासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान छन् ।
राष्ट्रिय हक्कीमा कोसी र गण्डकी विजयी
शुक्रबार, वैशाख १९, २०८२
कोसीको जितमा लक्ष्मण समारियाले ह्याट्रिक गर्दा आर्यन चौधरी र सुदीप चौधरीले समान एक गोल गरे । मधेसका रूपेशकुमार राईले दुई र अजयकुमार साहले एक गोल फर्काए । कोसीका लक्ष्मण प्लेयर अफ दी म्याच भए । उनले दुई हजार नगद पुरस्कार पाए । खेलमा अग्रता लिए पनि जोगाउन नसक्दा मधेसले हार...
नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघमा शर्मा
शुक्रबार, वैशाख १९, २०८२
बिहीबार काठमाडौंमा सम्पन्न छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले उनको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
हिमालयन जाभा बास्केटबल लिगको खेल तालिका सार्वजनिक
शुक्रबार, वैशाख १९, २०८२
सार्वजनिक तालिका अनुसार लिगको उद्घाटन खेलमा शनिवार कीर्तिपुर र सामाखुशी युथ क्लबबिच प्रतिस्पर्धा हुनेछ । पहिलो दिन शनिवारै हाउण्ड्स एकेडेमी र रोएल्सबिच पनि प्रतिस्पर्धा हुनेछ ।
मन्त्रिपरिषद्को बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पारित गर्ने
शुक्रबार, वैशाख १९, २०८२
सरकारको नीति तथा कार्यक्रमलाई आजै दिउँसो बस्ने सङ्घीय संसद्को बैठकमा प्रस्तुत हुनेछ । साथै दिउँसो ३ बजेका लागि बोलाइएको संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्यक्रम प्रस्तुत गर्ने छन् ।
यस्तो छ,आजको फलफूल तथा तरकारीको मूल्य
शुक्रबार, वैशाख १९, २०८२
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ३२, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाँजर (तराई) प्रतिकिलो रु...
प्रिसा साह मृत्यु प्रकरण: छानबिनका लागि परराष्ट्र मन्त्रालयले थाल्यो कूटनीतिक पहल
शुक्रबार, वैशाख १९, २०८२
परराष्ट्र मन्त्री आरजु राणा देउवाले हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको जानकारी दिएकी छिन् । उक्त विश्वविद्यालयमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगन्जकी प्रिसा साह बिहीबार साँझ मृत फेला परेकी हुन् ।
अदालतको आदेश भएन कार्यानवयन, सञ्चालनमा आएनन् विद्युतीय बस
शुक्रबार, वैशाख १९, २०८२
लुम्बिनी विकास कोष अन्तर्गतका विद्युतीय सवारीसाधन अझै सञ्चालनमा आउन सकेका छैनन् । उच्च अदालत तुलसीपुर बुटवल इजलासले नम्बर प्लेट परिवर्तन गरी सञ्चालन गर्न अदालतले आदेश दिएको एक महिनाभन्दा बढी भइसक्दा पनि ती विद्युतीय बस र भ्यान अझै सञ्चालनमा आएका छैनन् ।
तीन स्रष्टालाई 'वानिरा सम्मान' : रामकुमार पाँड, शशि शाह र कृष्ण बाउसे पुरस्कृत
शुक्रबार, वैशाख १९, २०८२
नेपाली भाषा, साहित्य र चित्रकलामा अतुलनीय योगदान पुर्याउने तीन स्रष्टा ‘वानिरा फाउन्डेसन’को विशेष सम्मानबाट सम्मानित भएका छन्। वानिरा फाउन्डेसनले कार्यक्रम गरि वरिष्ठ प्राध्यापक रामकुमार पाँड, कलाकार शशि शाह र कवि कृष्ण बाउसेलाई पुरस्कार प्रदान गरिएको हो।
पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायमै, सुदूरपश्चिम , कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशमा वर्षा
शुक्रबार, वैशाख १९, २०८२
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।
आज नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
शुक्रबार, वैशाख १९, २०८२
आज बस्ने सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो । आज अपराह्न ३ बजे बस्ने सङ्घीय संसदको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुनेछ र सरकारको वार्षिक कार्यदिशा समेत मानिने नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।
आजको राशिफल : जीवनका रंगीन पलहरू तपाईंको प्रतीक्षामा छन्!
शुक्रबार, वैशाख १९, २०८२
आज २०८२ वैशाख १९ गते शुक्रबार। आजको दिनले तपाईंलाई अनेक अवसर, चुनौती र रहरका रंगहरू लिएर आएको छ। ग्रह–नक्षत्रको चलायमान गतिले तपाईको दिनमा उत्साह, प्रेम, र उपलब्धिको झिल्को ल्याउने संकेत देखिएको छ।
साताको लोकप्रिय

