Harsamaya
हर समय
हर समय
हिकारु गौतम फाउडेशन द्वारा गोताखोरका लागि आवश्यक सामग्री हस्तान्तरण (भिडियोसहित)
हिकारु गौतम फाउडेशन द्वारा गोताखोरका लागि आवश्यक सामग्री हस्तान्तरण (भिडियोसहित) अमेरिकामा ज्यान गुमाएका हिकारु गौतमको स्मृतिमा निमार्ण भएको हिकारु गौतम फाउडेशनले आज शसस्त्र प्रहरी बल विपद व्यवस्थापन महाशाखा हलचोकलाई गोताखोरका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।
अत्यधिक गर्मीले जनजीवन प्रभावित, धमाधम विद्यालय बन्द
अत्यधिक गर्मीले जनजीवन प्रभावित, धमाधम विद्यालय बन्द  कोशी प्रदेशका तराईका जिल्लाहरुमा पछिल्ला दिन अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । जसका कारण इटहरी लगायत प्रदेशका विभिन्न पालिकाले विद्यालय वन्द गर्ने निर्णय नै गराएका छन् ।
यस्ता छन्,मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णयहरू (भिडियोसहित)
यस्ता छन्,मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णयहरू (भिडियोसहित) सरकारले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका मातहतको १५ शय्याको लम्कीचुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारलाई  हस्तान्तरण गर्ने भएको छ ।
१० ठूला बैंकको कर्जाको गुणस्तर परिक्षण छिटो गरः आईएमएफ
१० ठूला बैंकको कर्जाको गुणस्तर परिक्षण छिटो गरः आईएमएफ अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले दश ठूला वाणिज्य बंैकहरुको कर्जाको गुणस्तर परीक्षणको काम छिटो अघि बढाउन भनेको छ ।
१३ सय रुपैयाँले बढ्यो सुनको मूल्य
१३ सय रुपैयाँले बढ्यो सुनको मूल्य नेपाली बजारमा आज (बुधवार) सुनको मूल्य १३ सय रुपैयाँले बढ़ेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३०० रुपैयाले बढ़ेको हो ।
बाराको टाँगियाबस्तीमा बिजुली बाल्दा युद्ध जितेजस्तो भयो : कुलमान घिसिङ
बाराको टाँगियाबस्तीमा बिजुली बाल्दा युद्ध जितेजस्तो भयो : कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित टाँगियाबस्तीमा पहिलो पटक बिजुली बलेपछि युद्ध जितेजस्तो अनुभव गरेको बताएका छन् ।
तरलता बढेपछि आज बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक
तरलता बढेपछि आज बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाहरुमा तरलता बढेपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ ।
निफ्राको हरित ऋणपत्रमा करिब ४ गुणा बढीले दिए आवेदन
निफ्राको हरित ऋणपत्रमा करिब ४ गुणा बढीले दिए आवेदन ७ वर्ष अवधि भएको र वार्षिक ६ प्रतिशतको दरले व्याज प्रदान गर्ने गरी निफ्राले जारी गरेको रु. ५ अर्बको हरित ऊर्जा ऋणपत्रमा उक्त आवेदन परेको हो । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा जेठ १८ गतेदेखि निष्कासन सुरु भएको यस ऋणपत्र निष्कासनको कार्य जेठ २५ गते सम्पन्न भएको...
सिमरामा १३२ केभी सबस्टेशन निर्माण गर्न सेज र नेपाल विद्युत् प्राधिकरण बिच सम्झौता
सिमरामा १३२ केभी सबस्टेशन निर्माण गर्न सेज र नेपाल विद्युत् प्राधिकरण बिच सम्झौता नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले सेज र प्राधिकरण बिच मंगलबार दरबारमार्गस्थित प्राधिकरणको कार्यालयमा यस्तो सम्झौता भएको जानकारी दिए । सेजमा स्थापना हुने उद्योगधन्दालाई लक्षित गरी त्यस क्षेत्रमा विद्युत् सेवा विस्तार गर्ने उद्देश्यले सब स्टेशन निर्माण गर्ने योजना अनुरूप दुई पक्ष बिच सम्झौता भएको उनले बताए ।
गर्मी बढ्दै गएपछि जनकपुरधामका विद्यालयहरु बन्द
गर्मी बढ्दै गएपछि जनकपुरधामका विद्यालयहरु बन्द केही दिन देखि लगातार बढ्दै गएको गर्मीका कारण जनकपुरधाम उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा निजी विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख धीरेन्द्र लाल कर्णले एक सूचना जारी गर्दै जेठ २९ र ३० गते विद्यालयमा पठनपाठन बन्द रहने उल्लेख गरेका...
एमाले सांसद दीपेन्द्र ठाकुरसहित १७ जनाविरुद्ध मुद्दा दायर, अस्पताल निर्माणमा भ्रष्टाचार गरेको आरोप
एमाले सांसद दीपेन्द्र ठाकुरसहित १७ जनाविरुद्ध मुद्दा दायर, अस्पताल निर्माणमा भ्रष्टाचार गरेको आरोप स्वास्थ्य मन्त्रालयको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत स्वीकृत अस्पताल निर्माण परियोजनामा सुरु देखि नै टेन्डर प्रक्रियामा अनियमितता गरिएको भन्दै अख्तियारले बोलपत्रमा नियतवश संशोधन गरी अन्य प्रतिस्पर्धीलाई हटाउने र मन पर्ने कम्पनीलाई ठेक्का दिने काम गरिएको आरोप पत्रमा उल्लेख गरिएको छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको थोक मूल्य समितिका अनुसार  आज तरकारीतर्फ, गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो ११० रुपैयाँ, गोलभेँडा ठुलो (भारतीय) ११० रुपैयाँ, र गोलभेँडा सानो (लोकल) ८० रुपैयाँ तोकिएको छ । टनेलको सानो गोलभेडाको मूल्य प्रतिकिलो १०० रुपैयाँ रहेको छ । आलु रातो प्रतिकिलो ४० रुपैयाँ, भारतीय आलु रातो ३५ रुपैयाँ, र मुडे आलु रातो ३८ रुपैयाँ...
Weather Update