Harsamaya
पाँच वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची
संसद सचिवालय । तस्वीर: हर समय/Har Samaya

काठमाडौं- आज संघीय अन्तर्गतका संसदका पाँच समितिको बैठक बस्दैछ । 

आज प्रतिनिधि सभाका कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभाका विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

आज दिउँसो १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विश्वव्यापी आवाधिक समिक्षा सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल हुने कार्यसूची रहेको छ ।

महिला तथा सामाजिक मामिला समितिका बैठक बिहान ११ बजे बस्दैछ।  बैठकमा मधेशी आयोगको  वार्षिक प्रतिवदेन (आ.व २०८०/८१) माथि छलफल हुने कार्यसूची रहेको छ । 

त्यसैगरी आज बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयकमाथि सैदान्तिक छलफल हुने कार्यसूची रहेको छ ।

दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ । 

त्यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे बस्ने छ । बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  ०७:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update