काष्ठमण्डप र लुम्बिनीले डाना कप खेल्ने

काठमाडौं - डेनमार्कमा आयोजना हुने डाना कपमा फुटबल प्रतियोगिता काष्ठमण्डप विधालय र लुम्बिनी फुटबल एकेडेमीले प्रतिस्पर्धा गर्ने भएको छ ।
काष्ठमण्डले यु–१४ तथा लुम्बिनीले यु–१६ समूहमा प्रतिस्पर्धा गर्ने बताइएको छ । टोली शनिबार नै त्यसतर्फ प्रस्थान गरिसकेको छ ।
सन्तोष न्यौपानेले काष्ठमण्डप र विजय महर्जनले लुम्बिनीलाई प्रशिक्षण दिएका छन् । दुई टोलीमा २० खेलाडी र ३ अफिसियल गरि २३ सदस्यीय छ ।
डाना कप सन् १९८२ देखि सुरु भएको हो ।
प्रकाशित मिति: आइतबार, साउन ४, २०८२ ०८:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय