सुनको मूल्य तोलामा ६ सयले बढ्यो
बिहीबार, वैशाख २५, २०८२
नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६ सयले बढेको हो।
कोशीको बजेट अधिवेशन जेठ ४ गतेलाई आह्वान गर्ने निर्णय
बुधबार, वैशाख २४, २०८२
बैठकले अन्य महत्वपूर्ण निर्णयहरू पनि गरेको छ । जसमा स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावलीबारे प्रदेश लोकसेवा आयोगको परामर्श माग गर्ने निर्णय भएको छ ।
तोलामा १ हजार ७ सयले बढ्यो सुन
बुधबार, वैशाख २४, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(बुधबार) छापावाल सुन प्रतितोला १ हजार ७ सयले बढेर एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
‘स्टार्टअप बिजनेस’ मा ६६१ उद्यमीका लागि राज्यको १ अर्ब लगानी
मंगलबार, वैशाख २३, २०८२
उनले युवा उद्यमशीलता प्रवर्धनका लागि सरकारले केही कार्यक्रमहरू ल्याएको बताए । ‘गत आर्थिक वर्षमा २५ करोड रकम विनियोजन गरी १६५ जना उद्यमीहरूका लागी विना धितो ५ देखी २५ लाखसम्मको स्टार्टअप कर्जा प्रवाह गरेर व्यवसाय प्रवर्धनमा जोड दियौं भने यस आर्थिक वर्षमा १ अर्ब रकम विनियोजन गरेकोमा उक्त कार्यक्रमका लागि ६६१...
ललितपुर फिस टनेल एक्स्पो वैशाख २९ गतेसम्म चल्ने
मंगलबार, वैशाख २३, २०८२
दर्शक एवम् अवलोकनकर्ताको चाप बढेसँगै एक्स्पोको समयावधि थप गर्ने तयारीमा आयोजक पुगेको हो । एक्स्पोमा फिस टनेल र सुनामी राइडको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै समयावधि थप्ने मनस्थितिमा पुगेको व्यवस्थापक दीपक दाहालले बताए।
सुन तोलामा ५ हजार ३०० ले बढ्यो
मंगलबार, वैशाख २३, २०८२
यसैबीच चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सुनको मूल्य बढ्यो
सोमबार, वैशाख २२, २०८२
आज चाँदी भने तोलामा स्थिर रहेको छ । आइतबार १९१० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको महासंघले जनाएको छ ।
सुनको मूल्य बढ्दा चाँदीको घट्यो
आइतबार, वैशाख २१, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ सयले बढेर एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको एक लाख ८३ हजार ५ सयमा कारोबार भएको थियो ।
सोलुखुम्बुको गौरीटापमा गेट वे टु एभरेष्ट
आइतबार, वैशाख २१, २०८२
दिगो पर्यटन र ग्रीन मोबिलिटी प्रवद्र्धन गर्दै ओझेलमा परेका पर्यटनीय गन्तव्यको प्रचारप्रसारका लागि स्पार्क एड्भेञ्चर आयोजना गरिएको निर्देशक घिमिरेले बताए । सहभागीले विवाईडीको विद्युतीय सवारीमा दुईतर्फी यात्रा गर्ने निर्देशक घिमिरेले बताए । काठमाडौंबाट सडकमार्फत एकै दिनमा पुग्न सकिने गौरीटाप सगरमाथा लगायतका हिमाल अवलोकनका लागि उपयुक्त गन्तव्य हो । समुन्द्री सतहबाट...
कोशी प्रदेश लगानी सम्मेलनमा डेढ खर्बको सम्झौता
आइतबार, वैशाख २१, २०८२
सम्मेलनकाे सुरुवातमा प्रस्तावित परियोजनाको प्रस्तावित परियोजनाको लगानी अनुमान १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ गरिएको थियो । सम्मेलनको प्रमुख आकर्षणका रूपमा किल्ड्रिकर म्यानुफ्याक्चरिङ प्लान्ट’ परियोजनामा ३२ अर्ब रुपैयाँ लगानीका लागि सम्झौता भएको छ ।
त्यस्तै, २६ अर्ब रुपैयाँको ’ग्रिन युरिया म्यानुफ्याक्चरिङ फेसिलिटी’ परियोजना, ५ अर्ब ६० करोडको ’एप्रोभोल्टिक सोलार...
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
शुक्रबार, वैशाख १९, २०८२
यस्तै, आज चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । महासंघको अनुसार शुक्रबार चाँदी एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।
रौतहटमा केराको मःम बढी रोजाइमा
बिहीबार, वैशाख १८, २०८२
केरा बिक्रीसँगै रिसोर्ट सञ्चालनबाट महिनाको ३०/३५ हजार कमाइ हुने उनले बताए । केराबाट तयार भएको खाजाका प्रकार स्वास्थ्यको हिसाबले पनि फाइदा गर्ने भएकाले उपभोक्ताको रोजाइमा पर्ने गर्छ । चन्द्रपुर हस्पिटलका प्रमुख डा. सुवास चौधरीका अनुसार केरा स्वास्थ्यवर्धक फल हो ।
सेवा शुल्क खारेजीले होटल–रेष्टुरेन्टका श्रमिक मारमा, विदेश पलायन हुनेक्रम बढ्यो
बिहीबार, वैशाख १८, २०८२
श्रम ऐन २०७४ को दफा ८७ (३) र श्रम नियमावलीको नियम ८२ मा उल्लेख भएको होटल, मोटल, रेस्टुरेन्ट, जंगल सफारी वा अन्य व्यवसाय गर्ने रोजगारदाताले सामूहिक सम्झौताबमोजिम लिइएको सेवा शुल्क रकम लिन नपाउनेगरी खारेज गरेपछि होटल तथा रेष्टुरेन्ट व्यवसाय एवम श्रमिकहरुमा त्यसको असर देखिएको हो ।
साताको लोकप्रिय

