विद्युत अक्सिजन सरह भइसकेको छ : मन्त्री खड्का (भिडियोसहित)
आइतबार, भदौ १, २०८२
यद्यपि, यस क्रममा केही कमीकमजोरी रहेको स्वीकार गर्दै उनले ती सुधार गर्दै देशको आवश्यकतालाई मध्यनजर गरी सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
प्राधिकरणको आम्दानी १ खर्ब ३८ अर्ब, विद्युत ट्रिपमा १० प्रतिशत कमी ल्याउने लक्ष्य
आइतबार, भदौ १, २०८२
यस बीचमा प्राधिकरणको सञ्चालन खर्च, ब्याज लगायतका सम्पूर्ण खर्च १ खर्ब २९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।
राष्ट्रिय राजमार्गमा ४२४ चार्जिङ स्टेशन निर्माण गर्ने सरकारको गुरुयोजना
आइतबार, भदौ १, २०८२
चार प्रकारका चार्जिङ स्टेशन (लेभल १ देखि हेभी गाडीका लागि १ मेगावाट पावर क्षमतासम्म) निर्माणको लागी गुरु योजनाले सिफारिस गरेको छ ।
काम गर्ने कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न सक्दैन : उर्जामन्त्री खड्का (भिडियोसहित)
शनिबार, साउन ३१, २०८२
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले काम गर्ने कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न नसक्ने बताएका छन् ।
बाढिका कारण कवाडी खोला जलविद्युत पुर्णरूपमा क्षती, १२ सय घरधुरी प्रभावित
शनिबार, साउन ३१, २०८२
जिल्लाको पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिका वडा नम्बर १ विच्छ्यामा आएको बाढिले कवाडी खोला लघुजलविद्युत आयोजनामा पुर्णरुपमा क्षती भएको छ । बाढिका कारण लघुजलविद्युत आयोजनामा क्षती पुग्दा यहाँका करिब १२ सय बढि घरधुरी प्रभावित बनेका छन् ।
मुलुकभर लोडसेडिङको हल्ला निरर्थक : मन्त्री खड्का
बुधबार, साउन २८, २०८२
मन्त्री खड्काले विद्युत् आपूर्ति र विस्तारमा सरकारले तीव्र गति ल्याएको र वर्तमानमा १७ अर्ब ७२ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात भइरहेको जानकारी पनि दिएका थिए । साथै, १२ अर्ब ९२ करोड बराबरको जलविद्युत् आयात भइरहेको पनि उनले बताए ।
प्राधिकरणलाई नाफामा लगेर निर्यात पाँच अर्ब पुर्याउनु मेरो सफलता हो : कुलमान घिसिङ
मंगलबार, साउन २७, २०८२
नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले राजनीतिक हस्तक्षेपबीच कर्मचारी र व्यवस्थापनको चुनौति पार गरेर नतिजा दिन सकिएको दाबी गरेका छन् ।
नेपालका कुन कुन विद्युत आयोजनामार्फत दुई सय मेगावाट बिजुली किन्दै छ भारत ?
मंगलबार, साउन २७, २०८२
नेपालले लिखु–२ बाट ५०.८९ मेगावाट, लिखु खोला ‘ए’ बाट २८.२० मेगावाट, तल्लो सोलुबाट ८० मेगावाट, ठूलो खोला जलविद्युत आयाोजनाबाट २०.७० मेगावाट, सुपर काबेली खोला ‘ए’ बाट १३.१० मेगावाट र सुपर काबेली खोला जलविद्युत आयोजनाबाट ६.८१ मेगावाट बिजुली भारत निर्यात गर्ने छ ।
बूढीगण्डकी जलविद्युत् कम्पनीका नवनियुक्त सिइयो रजौरियाले लिए सपथ
शुक्रबार, साउन २३, २०८२
समारोहमा ऊर्जामन्त्री खड्काले नव नियुक्त सिइओ रजौरियालाई बधाई दिँदै बूढीगण्डकीजस्तो बृहत् र रणनीतिक राष्ट्रिय आयोजना कार्यान्वयनको चरणमा प्रवेश गर्ने मोडमा छ । त्यसैले अब स्पष्ट कार्ययोजना सहित गुणस्तरीय प्रगति देखिने गरी अघि बढ्न निर्देशन दिए ।
राष्ट्रिय सभाबाट जलस्रोत विधेयक पारित
शुक्रबार, साउन २३, २०८२
उनका अनुसार संविधानले समावेशी अधिकार सुनिश्चित गरिसकेको सन्दर्भमा विधेयकमा थप रूपमा दलितसम्बन्धी पृथक व्यवस्था गर्नुपर्ने आवश्यकता नरहेको विषयमा समितिका सदस्यबीच सहमति जुटेकाले त्यसअनुसार विधेयक तयार पारिएको हो ।
३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनामा १० बैंकले ७० अर्ब लगानी गर्ने
मंगलबार, साउन २०, २०८२
गोरखाको चुम नुब्री र धार्चे गाउँपालिकामा निर्माण हुने आयोजना पिकिङ रन अफ दि रिभर (पी–आरओआर) प्रकारको हुनेछ, जहाँ दैनिक ५ घन्टा विद्युत् उत्पादन हुने गरी जलाशय बनाइनेछ ।
विद्युत आपूर्तिको माग बढेको छ तर व्यवस्थापनमा चुनौती छ : मन्त्री खड्का (भिडियोसहित)
मंगलबार, साउन २०, २०८२
मंगलबार काठमाडौंमा आयोजित नेपाल सौर्य विद्युत उत्पादक संघको वार्षिकोत्सव समारोहमा बोल्दै उनले विद्युतको आवश्यकता बढिरहेको अवस्थामा चुनौतीहरु पनि थपिँदै गइरहेको बताउँदै विद्युत आपूर्तिको मागको व्यवस्थापनको लागि आवश्यक गृहकार्य जुन ढंगबाट अगाडि बढाउनुपर्ने हो त्यो हुन नसकेको बताए ।
प्राधिकरणले विद्युत व्यवस्थापन गर्न नसक्दा आपूर्तिमा समस्या : कुलमान घिसिङ
सोमबार, साउन १९, २०८२
‘उज्यालो नेपाल अभियान’ लिएर अमेरिका भ्रमणमा रहेका घिसिङले अस्टिनमा रहेका नेपाली समुदायले गरेको कार्यक्रममा विद्युत् उत्पादन पर्याप्त रहेता पनि अहिलेको प्राधिकरण नेतृत्वले व्यवस्थापकीय क्षमता देखाउन नसक्दा देशभरी विद्युत् आपूर्तिमा समस्या रहेको टिप्पणी गरेका हुन् ।
साताको लोकप्रिय

