अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपांगता भएका व्यक्तिहरूको संघसंस्थाद्वारा विरोध
मंगलबार, पुस ८, २०८२
प्रतिनिधिसभा निर्वाचनको तयारी भइरहँदा सरकारले ऐनको अनुसूची–१ संशोधन गरी समानुपातिक उमेदवारको समावेशी आधार (क्लस्टर) हेरफेर गरेको छ । तर, उक्त संशोधनमा कुल जनसंख्याको २.२ प्रतिशत हिस्सा ओगट्ने अपांगता भएका व्यक्तिहरूलाई समानुपातिक प्रतिनिधित्वको अनिवार्य व्यवस्थाबाट हटाइएको भन्दै संघसंस्थाहरूले मंगलबार गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
साताको लोकप्रिय

