प्याराग्लाइडर दर्ता गर्न क्यानको निर्देशन, दर्ता नगरे अवैध घोषणा गर्ने चेतावनी
बुधबार, असार ४, २०८२
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सञ्चालन इजाजत र क्यानबाट मनोरञ्जनात्मक उड्डयन सञ्चालन प्रमाणपत्र तथा उड्डयन प्रशिक्षण संस्था सञ्चालन प्रमाणपत्र प्राप्त गरेका कम्पनीहरूले आफ्नो मातहतमा रहेका सम्पूर्ण सोलो र ट्यान्डेम प्याराग्लाइडर क्यानको फ्लाइट सेफ्टी स्ट्याण्डर्ड्स विभागमा दर्ता गराइ सोही बमोजिमको सञ्चालन प्रमाण पत्र अद्यावधिक गर्न निर्देशन दिएको छ ।