अवैध १३ लाख नगदसहित कुशवाहा पक्राउ
शुक्रबार, जेठ ३०, २०८२
कुशवाहाले बोकेको कालो रंगको भिर्ने झोला तथा निजको शरीरको चेकजाँच गर्दा १ हजार दरको नोट १ हजार ६७ थान , ५०० दरको ४८० थान र १०० दरको नोट ५ थान गरी जम्मा १३ लाख सात हजार पाँच सय रुपैँया र विभिन्न बिल भौचर कागजातहरू तथा सागर मनि ट्रान्सफर वीरगञ्ज लेखिएको स्टाम्पसमेत फेला परेको बारा प्रहरीले शुक्रबार जारी गरेको सूचनामा उल्लेख गरिएको छ।