Harsamaya
द्वन्द्व बढ्दै गएपछि भूमिगत आश्रय लिन बाध्य तेलअभिभका जनता
द्वन्द्व बढ्दै गएपछि भूमिगत आश्रय लिन बाध्य तेलअभिभका जनता इजरायलको सबैभन्दा ठुला सहरहरू मध्ये एक, तेलअभिभमा रहेको एक सपिङ मलको भूमिगत पार्किङ स्थललाई अस्थायी आश्रय स्थलमा परिणत गरिएको छ । पाल, सुत्ने म्याट र न्यूनतम आपूर्तिहरू सहितको आश्रय स्थलले त्यहाँका जनताहरूलाई क्षेप्यास्त्र आक्रमणबाट जोगाउने छ ।
इरानको राजधानी नजिकैका रिफाइनरी र तेल डिपोहरू इजरायलको मुख्य निशासानामा
इरानको राजधानी नजिकैका रिफाइनरी र तेल डिपोहरू इजरायलको मुख्य निशासानामा इजरायली सैन्य प्रवक्ताले तेहरानको तोकिएको क्षेत्र खाली गर्न इरानलाई चेतावनी जारी गरेको केही समयपछि आक्रमण अझ चर्किएको हो । रोयटर्सले उल्लेख गरे अनुसार सामाजिक सञ्जालमा सेयर गरिएका दृश्यहरूले इरानी राजधानीको उत्तरपूर्वमा, ताजरिशको छिमेक नजिकै ठुलो आगो लागेको देखाएको छ ।
इजरायली हवाई आक्रमणमा मारिए इरानी सेनाका नवनियुक्त प्रमुख अली सादमानी
इजरायली हवाई आक्रमणमा मारिए इरानी सेनाका नवनियुक्त प्रमुख अली सादमानी इजरायलले गत शुक्रबारदेखि इरानमा आक्रमण गर्न थालेयता  इरानले कम्तीमा ११ वरिष्ठ जनरल गुमाइसकेको छ । इरानको सबैभन्दा वरिष्ठ सैन्य कमान्डर सादमानीलाई चार दिनअघि मात्र इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले उक्त पदमा नियुक्त गरेका थिए । उनले इजरायलले आक्रमणको सुरुमै मारेका वरिष्ठ जनरल गोलामली रसिदलाई प्रतिस्थापन गरेका थिए ।
इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण
इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण आक्रमण पश्चात् आईआरआईबीले पुनः आफ्नो प्रसारण सुरु गरिसकेको छ । सरकारी स्वामित्वको प्रसारण सेवा आईआरआईबीका एक वरिष्ठ अधिकारीले भने, “इरानी राष्ट्रको शत्रु यहुदी शासनले केही मिनेट अघि इस्लामिक रिपब्लिक अफ इरान न्युज नेटवर्कविरुद्ध सैन्य आक्रमण गरेको छ ।”
इरानले इजरायलमाथि बदला स्वरुप नयाँ हवाई आक्रमण सुरु गर्‍यो
इरानले इजरायलमाथि बदला स्वरुप नयाँ हवाई आक्रमण सुरु गर्‍यो इरानले आइतबार राति इजरायलमाथि बदलास्वरुप नयाँ हवाई आक्रमण गरेको छ, जसमा कम्तिमा दुई जना घाइते भएका छन् ।
इजरायलले गर्‍यो इरानमाथि आक्रमण, दुई उच्च अधिकारीको मृत्यु
इजरायलले गर्‍यो इरानमाथि आक्रमण, दुई उच्च अधिकारीको मृत्यु आक्रमणमा इरानका क्रान्तिकारी गार्ड प्रमुख होसेन सालामी र पूर्व आणविक ऊर्जा प्रमुख फेरेयदुन अब्बासीको मृत्यु भएको  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्  । आक्रमणपछि राजधानी तेहरान लगायत देशभर नै विस्फोटका आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  
Weather Update