Harsamaya
द्वन्द्व बढ्दै गएपछि भूमिगत आश्रय लिन बाध्य तेलअभिभका जनता
तेलअभिभमा रहेको एक सपिङ मलको भूमिगत पार्किङ स्थललाई अस्थायी आश्रय स्थलमा परिणत गरिएको छ ।

इजरायल - इरान र इजरायलबिच चर्किएको द्वन्द्व बढ्दै गएर खतरा बढ्न थालेपछि तेल अभिभका बासिन्दाहरू भूमिगत पार्किङ स्थलमा आश्रय लिन बाध्य भएका छन् ।

दुई मुलुकबिच जारी द्वन्द्वमा भइरहेको क्षेप्यास्त्र आक्रमणको लहरबाट बच्नका लागि त्यहाँका जनताहरूलाई भूमिगत आश्रयहरूमा सुरक्षा खोज्न बाध्य पारेको हो । संयुक्त राज्य अमेरिकाले आइतबार आफ्नो आणविक स्थलहरूमा आक्रमण गरेको केही घण्टापछि इरानले इजरायलविरुद्ध फेरी क्षेप्यास्त्र आक्रमणको सुरु गरेको छ । इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार, आक्रमणमा कम्तीमा ८६ जना घाइते भएका छन् ।

इजरायलको सबैभन्दा ठुला सहरहरू मध्ये एक, तेलअभिभमा रहेको एक सपिङ मलको भूमिगत पार्किङ स्थललाई अस्थायी आश्रय स्थलमा परिणत गरिएको छ । पाल, सुत्ने म्याट र न्यूनतम आपूर्तिहरू सहितको आश्रय स्थलले त्यहाँका जनताहरूलाई क्षेप्यास्त्र आक्रमणबाट जोगाउने छ ।

‘सबै कुरा सोमबार राति, पाँच दिन अघि भएको थियो, किनभने सोमबार राति पिन्स्कर स्ट्रिटमा धेरै नजिकै एउटा ठुलो मिसाइल प्रहार भएको थियो । र यहाँ बस्ने धेरै मानिसहरू तेल अभिभ र मध्य तेल अभिभमा के भइरहेको छ र त्यो सबै कुराबाट धेरै डराए । हामीले यी धेरै पार्किङ स्थलहरूको तस्बिरहरू पायौँ जुन आश्रय स्थल बनेका थिए । यो आश्रय स्थलले मंगलबार भएको मिसाईल आक्रमण बाट करिब १ हजार जना स्थानीयलाई सुरक्षित बनाएको छ,’ इफ्रेम नामक एक शरणार्थीले भने ।

‘इरानको आक्रमणको कारण बाहिर खतरा छ । त्यसैले मेरो फ्ल्याट पनि असुरक्षित छ त्यसबाट बच्नका लागि यो जटिल परिस्थितिमा मैले यहाँ बस्ने निर्णय गरेँ । यहाँ म बढी सहज महसुस गर्छु किनभने यो सुरक्षित ठाउँ हो । यद्यपि यो भूमिगत पार्किङ हो र यहाँ हामीसँग धेरै मानिसहरू छन् जसले एक अर्कालाई मद्दत गर्छन्,’ स्थानीय बासिन्दा मारिनाले भनिन् ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update