कलाकार सन्दिप क्षेत्री भन्छन् : समाजको कुरा नसुन्ने मान्छे सफल भएका छन् [भिडियो]
मंगलबार, जेठ २०, २०८२
उनले भने, ‘मलाई पनि कलाकार बन्दैनस भनेर भन्नुहुन्थ्यो । तर समाजले हामीलाई पटक पटक परीक्षा लिन आउँछ । पहिलो पटक अत्याउँछ । तबाट हुँदैन, सक्दै सक्दैनस् भनेर भन्छ । हामी पनि त्यही सोच्न बाध्य हुन्छौ । ठूलो सपना देख्नको लागि वातावरण दिइएको छैन । किनभने समाजले त्यसरी नै हुर्काएको छ । हामीलाई सानो सानो कुरामा चित्त बुझाउन सिकाइन्छ, समाजले सबैभन्दा पहिला तपाईंलाई थर्काउँछ, डराउछ जो अँटेरी हुन्छ त्यो कुरा सुन्दैन त्यसपछि त्यो मान्छे अगाडि बढ्छ ।’