विकल पौडेललाई २ वर्ष कैद, १३ करोड ५८ लाख जरिबाना
आइतबार, वैशाख २१, २०८२
सरकारी पदमा रहँदा रकम दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप लागेको पौडेललाई थप १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिबानाको सजाय पनि तोकिएको छ। विशेष अदालतका न्यायाधीशत्रय टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रामबहादुर थापाको संयुक्त इजलासले पौडेललाई उक्त सजाय सुनाएको हो ।