शेखर भन्छन्- सरकारले वातावरण बनाउनुपर्छ‚ त्रासमा निष्पक्ष निर्वाचन हुन सक्दैन
शनिबार, पुस ५, २०८२
विराटनगर महानगरपालिका–६ मा आज कांग्रेसका नेता तथा कार्यकर्तासँग छलफल गर्दै उनले सरकारका साथै पार्टीका कार्यकर्ताले पनि निर्वाचनको वातावरण निर्माण गर्न आवश्यक सहकार्य र समन्वय गर्नुपर्ने बताएका हुन् ।
विराटनगरमा पाँच करोड लागतमा ‘स्पोर्टस् एकेडेमी’ सञ्चालन गरिने
बिहीबार, मंसिर २५, २०८२
विराट स्पोर्टस् जोनले यही मङ्सिर २७ देखि एकेडेमी सञ्चालनमा ल्याउन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सञ्चालक समितिका अध्यक्ष हरि बजगाईंले जानकारी दिए। प्रदेशमा आधुनिक खेलकुद पूर्वाधारको विकास गर्ने लक्ष्यसहित रु पाँच करोड लगानीमा एकेडेमी सञ्चालनमा ल्याउन लागिएको हो ।
एनपीएल : सुदूरपश्चिम फाइनलमा प्रवेश‚ विराटनगर ७७ रनले पराजित
मंगलबार, मंसिर २३, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमले विराटनगर किङ्सलाई ७७ रन हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।
विराटनगरमा नेकपाको ‘पार्टी एकता सन्देश सभा’ : शीर्ष नेताहरूले के–के बोले ?
सोमबार, मंसिर १५, २०८२
उनले साम्राज्यवादविरुद्ध लड्न नेपाल सेना वा प्रहरी मात्र पर्याप्त नहुने भन्दै ‘सबै नेपाली फौजी जस्तै उभिनुपर्छ’ भन्ने अभिव्यक्ति दिए । जेनजी आन्दोलनले दलहरूलाई सचेत बनाएको उल्लेख गर्दै उनले पार्टी एकता र विभाजनको पीडाबाट धेरै पटक गुज्रिएको स्मरण गराए ।
एनपीएलः विराटनगरको पहिलो हार‚ चितवन ४८ रनले विजयी
बुधबार, मंसिर १०, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको जारी सिजनमा विराटनगर किङ्सले पहिलो हार खेपेको छ
आगजनी र तोडफोड भएका संरचना हेरेर भक्कानिए मेयर कोइराला
सोमबार, असोज १३, २०८२
प्रजातान्त्रिक आन्दोलनको धरोहरका रूपमा रहेको कोइराला निवास पुगेर उनले निरीक्षण गरेका थिए । सो क्रममा मेयर कोइराला भावुक हुनुका साथै भक्कानिएका थिए । उनले निवासलाई पहिलाकै अवस्थामा फर्काउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
विराटनगरमा अर्थमन्त्री खनालको साधारण शैली
बुधबार, असोज ८, २०८२
“अहिलेको सरकार संविधानसम्मत गठन भएकोले तत्काल प्रदेश खारेज गर्ने विषय प्राथमिकतामा छैन,” उनले भनेका छन् । उनले अर्थ मन्त्रालयले जारी गरेको निर्देशिका कार्यान्वयनमा जाने समेत बताएका छन् ।
आजदेखि विराटनगरमा पालिकाका उपप्रमुखहरुको राष्ट्रिय सम्मेलन
शुक्रबार, जेठ २३, २०८२
सम्मेलनमा ६ वटा महानगरका उपप्रमुख, ११ उपमहानगरका उपप्रमुख, कोशी प्रदेशका १३६, मधेश प्रदेशका ७३, बागमती प्रदेशका ४१ र बाँकी ५ वटा प्रदेशका केही पालिकाका जनप्रतिनिधिहरू सहभागी छन् ।
प्रहरी सेवालाई परिणाममुखी बनाउने कोशीका डिआइजी कार्कीको प्रतिबद्धता
मंगलबार, जेठ १३, २०८२
१५ दिनअघि मात्र प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका डिआइजी कार्कीले ‘बेस्ट पुलिसिङ’ अवधारणाअनुसार सङ्गठनलाई जनमैत्री, पारदर्शी र उत्तरदायी बनाउने योजना सुनाए। उनले भने, ‘अबको प्रहरी सेवा नतिजामुखी हुनेछ । जनताले अनुभूति गर्ने गरी व्यवहारिक सुधार ल्याइन्छ। अबको परिवर्तन कागजमा मात्र होइन, व्यवहारमै देखिन्छ ।’
४० ग्राम ब्राउन सुगरसहित विराटनगरमा तीन जना पक्राउ
सोमबार, फागुन १९, २०८१
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण चिमरियाका अनुसार उनीहरूको साथबाट ४०.१४ ग्राम ब्राउनसुगर बरामद भएको छ।
चीन र भारत दुबै छिमेकीसँग समान सम्बन्ध - उपमहासचिव ज्ञवाली
शनिबार, फागुन १७, २०८१
उपमहासचिव ज्ञवालीले प्रत्येक मुलुकले उचालिएकै भरमा निर्णय गर्न नहुने दृष्टान्त युक्रेन घटनाले प्रस्तुत गरेको जिकिर गरे । युक्रेन विवाद र शक्ति राष्ट्रहरू बीचको द्वन्द्वले विकासोन्मुख र साना राष्ट्रहरूलाई सार्वभौमिकता र अखण्डता जोगाउन समस्या पर्ने गरेको दृष्टान्त प्रस्तुत गरेको उनले बताए ।
कोशी अस्पतालमा 'पोष्ट अपरेटिभ वार्ड' सञ्चालन
मंगलबार, फागुन ६, २०८१
अस्पतालमा उपलब्ध स्रोत साधनको प्रयोग गरी भेन्टिलेटरसहितको वार्ड सञ्चालनमा ल्याइएको हो । शल्यक्रियापछि बिरामीलाई राख्न उक्त वार्ड सञ्चालनमा ल्याइएको हो । यसअघि शल्यक्रियापछि बिरामीलाई सघन उपचार कक्ष (आइसियु) तथा बिरामीको अवस्था हेरेर अन्य वार्डमा राख्ने गरिएको थियो ।
साताको लोकप्रिय

-1754119774.jpg)